यस्तो थियो देउवाका तीन कार्यकाल

यस्तो थियो देउवाका तीन कार्यकाल

काठमाडौं, जेठ २३ – आज काँग्रेस सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री बन्दैछन् । ७१ बर्षका देउवा यस अघि तीन पटक प्रधानमन्त्री बनिसकेका छन् ।

यस अघि देउवा प्रधानमन्त्री भएको यस्तो छ रेकर्ड

पहिलो पटक प्रधानमन्त्री
शेरबहादुर देउवा १ वर्ष ६ महिना
राप्रपा, सद्भावना र स्वतन्त्रको समर्थनमा प्रधानमन्त्री बनेका कांग्रेस नेता शेरबहादुर देउवाविरुद्ध दर्ता गरेको प्रस्ताव पारित गराउन एमालेलाई हम्मेहम्मे परेको थियो तर कांग्रेसका भक्तबहादुर बलायर र अर्जुन जंगबहादुर शाहले नाटकीय रूपमा एमाले प्रस्तावलाई साथ दिएपछि ०५३ फागुनमा देउवा सरकार ढल्यो । उनीहरूलाई गिरिजाप्रसादको आशीर्वादमा सुशील कोइरालाको साथ थियो भन्ने अहिले पनि विश्वास गरिन्छ ।

दोस्रो पटक प्रधानमन्त्री
शेरबहादुर देउवा १४ महिना
गिरिजाप्रसादको राजीनामालगत्तै कांग्रेसकै देउवा ०५८ साउनमा प्रधानमन्त्री भए । उनलाई कांग्रेसभित्रैबाट ठूलो समस्या थियो । माओवादीविरुद्ध लगाएको संकटकाल संसद्बाटै पारित गराउन पहिलो ६ महिना एमालेले पनि समर्थन गरेको थियो । तर, दोस्रोपटक ६ महिना म्याद थप्दा एमालेले मात्र होइन कांग्रेसले पनि समर्थन गरेन । प्रस्ताव विफल भएपछि देउवाले कांग्रेस प्रजातान्त्रिकका नाममा दल खोलेर नयाँ चुनाव घोषणा गरे । तर, घोषित चुनाव माओवादीका कारण हुन नसक्ने भनेपछि राजा ज्ञानेन्द्रले १८ असोज ०५९ मा उनलाई पदच्यूत गरे ।

तेस्रो पटक प्रधानमन्त्री
शेरबहादुर देउवा ७ महिना
देउवा ०६१ जेठमा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले उनलाई २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्रीका लागि एमालेका तत्कालीन महासचिव माधव नेपालदेखि लक्ष्मणसिंह खड्कासमेतले दरबारमा आवेदन दिए । तर, राजाले आवेदन नै नगरेका कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । गिरिजाप्रसाद कोइरालाको कांग्रेस सरकारमा गएन, तर एमाले गयो । तर, राजाले ८ महिनापछि देउवालाई १९ माघ ०६१ मा आफै सत्ता हातमा लिएका थिए ।

र, अब चौथो पटक
आज शेरबहदाुर देउवा चौथो पटक प्रधानमन्त्री बन्दै छन् । पूर्व विद्रोही शक्तिको समर्थनमा उनले प्रधानमन्त्री बन्ने अवसर पाएका छन् । अहिलेको सत्ता गठबन्धन र संविधानको मर्म अनुसार अगाडि बढे देउवाको कार्यकाल करिव ९ महिनाको हुनेछ । किनभने, ०७४ माघ ७ सम्म संघीय चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त चुनावपछि आउने संसदले नयाँ सरकार बनाउनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल