म्याग्दी, २३ जेठ – म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थल बनाउन स्थानीय युवा सक्रिय भएका छन् ।
बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको लभ्ली हिलमा पर्यटन विकास बोर्ड पोखराबाट रु पाँच लाख र रु एकलाख ५० हजारको जनश्रमदानबाट ४२ मिटरको रेलिङ र विश्रामस्थलका लागि गोलघर निर्माण सुरु गरिएको छ ।
गत वैशाखमा राससमा प्रकाशित भएको ‘पर्यटकीय सम्भावनाले युक्त लभ्ली हिलमा पूर्वाधारको अभाव’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन-प्रसारण भएपछि सरोकारवाला निकाय र स्थानीयको ध्यानाकर्षण भएको थियो ।
सदरमुकाम बेनीबाट विश्राम र घुम्न जाने सुन्दर र आकर्षक गन्तव्य भएपनि पूर्वाधार र सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण मानिएको लभ्लीहिल क्षेत्रमा आवश्यक पूर्वाधार विस्तारमा सरकारी निकायबाट समेत सहयोग भएपछि पूर्वाधार विस्तारले तीव्रता पाउने लभ्लीहिल डाँडा पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष ध्रुवराज कार्कीले बताए ।
सरकारी निकायबाट प्राप्त बजेटबाट बेनीबजार देखिने क्षेत्रमा रेलिङ र विश्रामस्थल बनाइएपनि अन्य पूर्वाधारका लागि थप बजेटको माग भइरहेको उनले बताए ।
बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रका साथै धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न सकिन्छ ।
रासस
इलाम, जेठ २८ – पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गए..
दोलखा, जेठ २८ – दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म ..
काँकडभिट्टा, २७ जेठ – पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसाय..
तेह्रथुम, २३ जेठ । बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ । पर्यटकलाई लक्षित गरी जिल्लाका विभिन्न बजारमा..
म्याग्दी, २२ जेठ – निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराह..
पोखरा, २२ जेठ – नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक..
पर्वत, २० जेठ – फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु ..
काठमाडौं, १९ जेठ । नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव ग..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..