राजपा नेपाल पर्ख र हेरको अवस्थामा

राजपा नेपाल पर्ख र हेरको अवस्थामा

काठमाडौ जेठ २२–राष्ट्रिय जनता पार्टी नेपाल पर्ख र हेरको अवस्थामा रहेको छ । प्रधानमन्त्री चुनावमा के गर्ने, कहाँ कसलाई हाल्ने भनि अरु दल स्पष्ट भइसकेपनि राजपा नेपाल अझै पर्ख र हेरको अवस्थामा रहेकाे छ ।
हिजो बसेको राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले कुनै निर्णय सार्वजनिक गरेको छैन । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्रीको चुनाव नै कहिले हुन्छ भन्नेमा टुंगो नरहेकाले हतारमा निर्णय नपलइएको बताए ।

‘प्रधानमन्त्रीको चुनाव हुन्छ कि हुँदैन त्यसको ठेगान छैन, त्यसैले हतार नगरिएको हो’, यादवले भने, ‘प्रधानमन्त्री चयनको प्रकृया शुरु भएपछि मात्र हाम्रो निर्णय आउँछ ।’

यद्यपी शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनप्रति राजपा नेपाल सकारात्मक रहेको बताइन्छ । राजपा नेपालका महासचिव मनिष सुमनले प्रधानमन्त्रीको चुनावमा राजपा नेपाल सहयोग गर्न तयार भएपनि देउवाले मधेसीको माग सम्बोधन गर्न के गर्छन् त्यो चाहि स्पष्ट हुनुपर्ने बताए ।

‘जसलाई प्रधानमन्त्री बन्नुछ, उसलाई हतारै छैन, हामीलाई के को हतार,’ नेता सुमनले भने, ‘प्रधानमन्त्री बन्नका लागि सबैतिर छलफल गरिरहेका छन्, तर राजपा नेपालसँग मुद्दा र एजेण्डामा कुनै छलफल भएको छैन्, जेठ २० गते हामीलाई बोलाएर प्रधानमन्त्रीमा सहयोग गर्नुुस् भन्नुभयो, हामीले मधेशको बारेमा तपाईहरुको के धाराण छ, स्पष्ट गर्नुस त्यसपछि हामी आफ्नो निर्णय सुनाउँछौ भनेका थियौं, हालसम्म उताबाट कुनै प्रतिवद्धता आएको छैन ।’

प्रधानमन्त्रीको चुनावको बारेमा आज पुनः बैठक बसेर छलफल गर्ने तय भएको भएपनि अध्यक्ष मण्डलका तीनजना सदस्य उपत्यका बाहिर रहेको कारणले बैठक बस्न नसकेको उनले बताए ।

महन्थ ठाकुर र महेन्द्र राय यादव वारामा छन् भने राजेन्द्र महतो गृह जिल्ला सर्लाही छन् ।

यसैबीच पार्टीको विधान र घोषणापत्रमा नेताहरुबीच कुरा नमिलेको नेताहरुले बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल