सर्वोच्चको फैसला लम्बिएपछि मंगलबारको संसद बैठक के होला ?

सर्वोच्चको फैसला लम्बिएपछि मंगलबारको संसद बैठक के होला ?

काठमाडौ, जेठ २२ – मंगलबार पनि संसद बैठक चल्ने चल्ने नचल्नेमा अन्योलता कायमै रहेको छ । मंगलबार प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यतालिका भएपनि एमालेले भरतपुर प्रकरण नटुङिगएसम्म संसद चल्न नदिने अडान नछोडेपछि मंगलबारको संसद बैठकपनि अनिश्चित बनेको हो ।
आइतबार एमाले अध्यक्ष केपी ओलीको आग्रहमा मंगलबार सम्मका लागि संसद बैठक स्थगन गरिएको थियो । तर सोमबारसम्म भरतपुर प्रकरण नटुङिगएसम्म संसद बैठक चल्न नदिने एमाले नीतिमा परिवर्तन नआउदा कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तासयर हुने दिन समेत टाढिने देखिएको छ ।

निर्वाचन आयोगले भरतपुरको १९ नंम्बर वडामा पुन मतदान गर्न दिएको निर्णयको विरोध गर्दै सर्वोच्चमा परेको रिटको फैसलामा भएको ढिलाइले प्रधानमन्त्री निर्वाचन प्रकृया समेत लम्बिने देखिएको हो । सर्वोच्च अदालतले भरतपुर प्रकरणको सोमबार प्रारम्भिक सुनुवाई गर्दै तीन दिनपछि दुवै पक्षलाई बोलाएर सोधपुछ गर्ने फैसला सुनाएको छ ।

सर्वोच्चको सोमबारको निर्णयपछि एमाले नेता भीम रावलले सोमबार काठमाडौमा भएको एक साक्षात्कारमा भरतपुर प्रकरण नटुङिगएसम्म एमालेले संसद अघि बढ्न नदिने बताए ।

उनले भरतपुर महानगरपालिकाको मतगणना विवाद समाधान गर्न सत्तारुढ काँग्रेस र माओवादी केन्द्र तयार नभई प्रधानमन्त्री निर्वाचन प्रक्रिया पनि अघि बढ्न नसक्ने प्रष्टयाएका थिए ।

रावलले भने ‘सत्ता पक्षकै कारण प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढन नसकेको हो त्यसमा हाम्रो कुनै दोष छैन ।’ आइतबार मात्रै परेको सो रिटको सोमबारै अन्तिम फैसला आउने आम अपेक्षा रहेको थियो । तर, सर्वोच्चले सो मुद्धाको फैसलाका लागि कम्तिमा तीन दिन समय थप लिने भएपछि निर्णयको पर्खाइमा रहेको एमालेले पनि आफ्नो अडान तत्काल परिवर्तन नगर्ने र संसद अवरोध कायमै राख्ने जनाएको छ ।
यद्यपी एमालेले सर्वोच्चको फैसला जस्तो आएपनि स्वीकार्न तयार रहेको जनाएको छ । एमाले नेता आनन्द पोखरेलका अनुसार एमालेले सर्वोच्चको फैसलालाई मान्ने तर न्याय दिन ढिलो गर्नु नै अन्याय भएको प्रतिकृया दिए । उनले भने ‘जव न्याय दिन ढिलाई हुन्छ त्यो नै अन्याय हो ’ नेता पोखरेलले प्रधानमन्त्री निर्वाचनका लागि संसद खुलाउने प्रयासमा सत्तापक्ष जिम्मेवार ढंगले बार्ता र छलफलका लागि तयार नभएको पनि बताए ।

उनले भने ‘सत्तापक्षले संबैधानिक निकायमाथि गर्दै आएको हस्तक्षेप बन्द गर्ने प्रतिबद्धता नजनाएसम्म सहमति पनि हुदैन र प्रधानमन्त्री निर्वाचन प्रकृया पनि अघि बढ्दैन । ’

यद्यपी आजै बेलुका सभामुखको पहलमा हुने शीर्ष नेताको बैठकमा सत्तापक्षले लचकता देखाए एमाले पनि लचक हुन तयार रहेको एमाले नेता पोखरेलको भनाई थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल