भरतपुर प्रकरणमा अदालत बोल्यो : तीन दिनपछि दुवैपक्षलाई बोलायो

भरतपुर प्रकरणमा अदालत बोल्यो : तीन दिनपछि दुवैपक्षलाई बोलायो

जेठ २२, काठमाडौं– सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचय आयोगको निर्णय तिन दिनका लागी यथास्थानमा राख्न सर्वोच्च दिएको छ । सोमबार न्यायाधीश चोलेन्द्रशमसेर जवराको एकल ईजलाशले यस्तो आदेश गर्दै अन्तरिम आदेश अगाडि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
सर्वोच्चको यस्तो आदेशसँगै भरतपुरमा अब तीन दिन मतगणना या मतदान दुबै नहुने भएको छ । सोमबार रिट निवेदकहरु अभिवक्ता तुल्सिराम पाण्डे र भरतपुर–१९ को खुलातर्फबाट वडा सदस्यका उम्मेद्वार गुञ्जमान विश्वकर्माका तर्फबाट बहस गरिएको थियो ।
पुनः मतदान गराउन नहुने जिकिर गर्दैै दायर उक्त रिटको सुनुवाई गर्दै न्यायाधिश जवराले मुद्धाको अर्को पक्षलाई छलफलका लागी बोलाउने आदेश दिएका हुन् ।

छलफलका लागि दुवै पक्षलाई बुधवार बोलाएको छ ।

आजको आदेशलाई अदालती भाषामा अन्तरकालीन अन्तरिम आदेश भन्छ । अव अन्तरिक आदेश दिन पर्ने नपर्ने कुरा बुधवार दुवैपक्षसँगको छलफलपछि मात्र थाहा हुनेछ । बुधवार आउदा महान्यायाधिवक्ताको कार्यलयलाई निर्वाचन आयोगको निर्णयसहित उपस्थित हुन आदेश दिएको छ ।
मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछी शुरु भएको विवाद निर्वाचन आयोग हुँदै अदालत पुगेको थियो । मतपत्र च्यात्ने कार्यमा संलग्नहरु धरौटीमा छुटिसेका छन्, भने नेकपा एमालेले यहि बिषयलाई लिएर संसद अबरुद्ध गरिरहेको छ । नेकपा एमालेले च्यातिएका मतपत्र बदर गरी मतगणना शुरु गर्न दबाव दिँदै आएको छ ।

भरतपुर महानगरपालिका वडानम्बर १९ का एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने भन्दै उत्प्रेषण माग गरेका थिए । रिट निवेदकले च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल