ओलीलाई भेट्न बालकोट पुगे निधि र गिरी

ओलीलाई भेट्न बालकोट पुगे निधि र गिरी

काठमाडौं, जेठ २२–प्रधानमन्धी निर्वाचनका विषयमा सदनबाट हुने प्रकृयामा सहयोग गर्न आग्रह गर्न गृहमन्त्री बिमलेन्द्र निधी र काँग्रेस नेता प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्री नियुक्तिको विषयमा सदनबाट हुने प्रकृयामा एमालेको सहयोगको आवश्यकता रहेको भन्दै समर्थन गर्नका लागि आग्रह गर्न गृहमन्त्री निधि र नेता गिरी सोमबार बिहान ११ बजे ओली निवास पुगेका थिए।

करिब डेढ घण्टा भएको छलफलमा गृहमन्त्री र नेता गिरीले सहयोगको अपेक्षा सहित ओलीसँग आफ्ना कुरा राखेको अध्यक्ष ओलीका निजी सचिव अनिस दाहालले जानकारी दिए।

‘खासगरी उहाँहरुले प्रधानमन्त्रीको निर्वाचनमा सदनबाट हुने प्रकृयामा एमालेको सहयोग रहोस्। अन्य दलहरुले पनि सहयोग गरेका छन्। त्यसमा एमालेको सहयोगको अपेक्षा सहितको शिष्टाचार भेटघाट गर्नुभयो। समग्र कामकारबाहीका विषयमा सरकारका गलत कामकारबाहीका विषयमा पनि छलफल भए’, दाहालले भने, ‘ भरतपुर लगायतका केही स्थानमा सरकारले गरेको गलत कार्य, संवैधानिक अंगहरुमा सरकारले गरेका हस्पक्षेपका विषयवस्तुहरुका सन्दर्भमा कुराकानी भए। ’
एमाले अध्यक्ष ओलीले राम्रो काममा एमालेको समर्थन रहेपनि गलत काममा सहयोग गर्न नसकिने भन्दै प्रधानमन्त्रीको निर्वाचनबारे संसदलाई थाहै नभएको भन्दै सहयोग गर्न नसकिने जवाफ दिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल