अर्घाखाँची सेवा समाजको कतारमा बैठक

अर्घाखाँची सेवा समाजको कतारमा बैठक

कतार, जेठ २२– ‘प्रवासमा अर्घाखाँचीबासी एक हो, नेपाली समाजको लागि केहि गरौं’ भन्ने नाराकासाथ अघि बढेको अर्घाखाँची सेवा समाज कतारको १४ औ मासिक बैठक सम्पन्न भएको छ ।
३ जुन मा बसेको बैठकले विभिन्न प्रस्ताबमाथि छलफल गर्दै पारित गरेको छ । अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षता र महासचिब टेकराज थापाको सञ्चालनमा दोहा स्थित मुन्ताजा पार्कमा भएको बैठकमा जिल्लाबासी बिच भएको विविध सांगीतिक कार्यक्रम तथा मिलन समारोहका बारेमा समिक्षा गरिएको थियो ।
यसैगरि मुस्लिम समुदायको महान पर्व इदको अवसरमा विभिन्न संघ सस्थाले आयोजना गर्ने भोलिबल प्रतियोगितामा अर्घाखाँची सेवा समाजले पनि सहभागितामा जनाउने निर्णय भएको छ बैठकले खेल संयोजक बिष्णु क्षेत्रीलाई जिल्लाबासि खेलाडीहरुलाई तयारी अबस्थामा राख्न जिम्मा दिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल