शीर्ष नेतासहित सभामुख र प्रमुख सचेतकको बैठक आह्वान

शीर्ष नेतासहित सभामुख र प्रमुख सचेतकको बैठक आह्वान

काठमाडौ, जेठ २२ – एमालेले भरतपुर प्रकरणलाई देखाउदै गरेको अवरुद्ध संसद खुलाउन र गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीले प्रमुख ३ दलका शीर्ष नेता र प्रमुख सचेतकको संयक्त बैठक बोलाएकी छन् ।
सोमबार बेलुका ५ वजे सिंहदरवारमा शीर्षसहित प्रमुख सचेतकको बैठक बोलाएको सभामुख घर्तीका प्रेश संयोजक बबिन शर्माले जानकारी दिए । बैठकमा संसदीय गतिरोध अन्त्य गरि मंगलबार हुने प्रधानमन्त्री निर्वाचनका लागि सहज वातावरण बनाउने विषयमा छलफल हुने बताईएको छ ।
भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयलाई बहाना बनाएर प्रमुख प्रतिपक्षी एमालेले लगातार संसद अवरुद्ध गर्दै जाँदा प्रधानमन्त्री निर्वाचन नै लम्बिएको छ ।
संसद अवरोध खुलाउन सभामुख घर्तीको पहलमा प्रमुख दलहरुबीच आइतबार छलफल भएपनि सहमति जुटेको थिएन ।
आइतबारको छलफलमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निर्वाचन मिति एकदुई सार्न आग्रह गरेपछि संसद बैठक सुचना टाँसेर मंगलबारसम्मका लागि सारिएको थियो ।
एमालेकै प्रस्तावमा संसद बैठक सारिएको र यो विचमा दलहरुवीच सघन छलपफल गर्न एमाले नेताहरु तयार भएकाले सोमबार बस्ने शीर्षसहित प्रमुख सचेतकहरुको बैठकमा दलहरु सहमतिमा पुग्ने सम्भावना रहेको बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल