गृहमन्त्री अचानक ओली निवास बालकोटमा

गृहमन्त्री अचानक ओली निवास बालकोटमा

जेठ २२, काठमाडौं– एमालेमाथि हमला गर्दै दुई ट्वीट लेखेको १२ घण्टापछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधि एमाले अध्यक्ष केपी ओलीलाई भेटन बालकोट पुगेका छन् ।

काँग्रेस नेतृत्वको सरकार गठनमा राजनीति सहमति जुटाउने जिम्मा पाएका निधि एमालेका अध्यक्ष ओलीलाई भेटन त्यहाँ गएका हुन् । उनीहरुबीच अहिले भेट जारी छ ।
एमालले संसद अवरोध गरेपछि हिजो प्रधानमन्त्री चयनको कार्यसूचि दुई पछाडि सारिएको छ । ओलीको प्रस्ताव अनुसार कार्यसूचि भोलिसम्मका लागि स्थगित गएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताएका थिए ।
एमालले भरतपुर महानगरपालिकाको वडा नम्वर १९ मा पुनमतदान गराउने निर्वाचन आयोगको निर्णयको विरोध गर्दे आएको छ ।यस विषयमा सर्वोच्चमा परेको रीटमाथि आज सुनुवाई हुँदैछ ।
यस्तो थियो गृहमन्त्रीको ट्वीट

एमालेमाथि हमला गर्दै गृहमन्त्रीका दुई ट्वीट–एमालेसँग मत छैन, फत–फत छ

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल