गर्भावस्थासँग जोडिएका आठ वास्तविकता जसबारे कसैले कुरा गर्दैनन्

गर्भावस्थासँग जोडिएका आठ वास्तविकता जसबारे कसैले कुरा गर्दैनन्

बीबीसी

जेठ २२ – गर्भधारण कुनै पनि महिलाका लागि उनको जीवनको सबैभन्दा मिठो अनुभव हो ।

तर यसको सुन्दरतासँगै गर्भवती महिलाका केही यस्ता अनुभव पनि हुन्छन् जसबारे धेरैसँग कुरा गरिँदैन ।

१. दिसा कोइलाजस्तो कालो र ठोस्

गर्भवती महिलाका अनुसार गर्भधारणको क्रममा कसैले पनि बताउँदैनन् कि उनीहरुको दिसा कोइलाजस्तो कालो र ठोस् हुन्छ ।

२. शौचालयको प्रतिक्षा कसले गर्न सक्छ ?

गर्भावस्थाबाट गुज्रिरहेका कुनै पनि महिला जो सुकैसँग सोध्नुहोस्, तपाईंलाई थाहा हुन्छ कि गर्भवती महिला शौचालयमा प्रतिक्षा गर्ने स्थितीमा हुँदैनन् ।

३. मानिसहरुले डरलाग्दो कहानीमात्र सुनाउँछन्ः

महिलाका अनुसार गर्भवती महिलाको बीचमा बस्दा उनीहरुले यस्ता डरलाग्दा कहानी सुन्ने गर्दछन् जसले तपाईंको तनाव बढ्ने गर्दछ ।

धेरैजसोले प्रसव पीडाको क्रममा हुने दुखाईबारे कुरा गरेर निकै तर्साउने गरेको एक महिलाले बताइन् ।

४. मर्निङ सिकनेस होइन, मात्र सिकनेस भन्नुहोस्ः

महिलाका अनुसार मर्निङ सिकनेसको नाम नै गलत हो । यसलाई त सिकनेस (बिरामी) नै भन्नुपर्छ ।

५. स– सानो कुरामा रोनाधोनाः

गर्भधारणको क्रममा महिलाको हर्मोनमा परिवर्तनका कारण स–सानो कुरामा भावुक हुने गर्दछन् ।

यसमा कुनै मलमा बार्गेनिङको क्रममा भावुक भएर रुनु पनि समावेश छ ।

६. अचार छोड्नुहोस्, पेट्रोल पनि पिउन मनलाग्छः

एक महिलाका अनुसार एक पटक उनी पेट्रोल पम्पका उठेर आफ्नो गाडीमा तेल भरिरहेकी थिइन् त्यतिबेला उनलाई पेट्रोलको बास्ना मनपरेर खाने इच्छा जागेको थियो ।

एक अन्य महिलाका अनुसार अचार र मिल्क शेक पिउनुका साथै कहिलेकाँही साबुन चाट्ने इच्छा पनि हुन्छ ।

७. राती निन्द्राः त्यो त लाग्दै लाग्दैन

गर्भवती महिलाले निन्द्रा त बिर्सिएको सपना जस्तो हुन्छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल