हत्या अभियोगमा माओवादीका पोलिटब्यूरो सदस्यसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

हत्या अभियोगमा माओवादीका पोलिटब्यूरो सदस्यसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

दोलखा, जेठ २१– नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित तीन जनाविरुद्ध हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।

स्थानीय तह निर्वाचनको पहिलो चरणको निर्वाचनकाबेला वैशाख २६ गते गौरीशंकर गाउँपालिकामा भएको झडपमा मारिएका कुलबहादुर तामाङको हत्या गरेको भन्दै किटानीका साथ तीन माओवादी नेताविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

माओवादी केन्द्रकी पोलिट्ब्युरो सदस्य देवी खड्का र गंगा कार्की तथा माओवादी केन्द्रका दोलखा जिल्ला अध्यक्ष विशाल खड्काविरुद्ध किटानीका साथ जिल्ला अदालत दोलखामा जाहेरी दिइएको छ । देवी खड्का पूर्व राज्यमन्त्री समेत हुन् । विशाल देवीकै सहोदर भाइ हुन् ।

दोलखा जिल्ला सरकारी वकिलको कार्यालयले तीन माओवादी नेतासहित ४० विरुद्ध हत्या मुद्दा दर्ता गराएको छ ।

झडपमा मृत्यु भएका कुलबहादुर एमाले वडा सदस्यका उम्मेदवारका गोरे तामाङका छोरा हुन् । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार किटानीका साथ मुद्दा दायर गरेको हो ।

अदालती प्रक्रियामा प्रवेश यो मुद्दामाथि सोमबारदेखि थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल