तीनवटा चुनावपछि मात्रै एमाले सरकारमा: झलनाथ खनाल

तीनवटा चुनावपछि मात्रै एमाले सरकारमा: झलनाथ खनाल

काठमाडौं, जेठ २१– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तीन वटै तहको निर्वाचन सम्पन्न नभई आफनो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् ।

वरिष्ठ नेता खनालले काँग्रेस सभापति शेरबहादुर देउवालाई काम गर्न सहज रहोस भन्ने एमालेले चाहेको टिप्पणी पनि गरे । उनले संसद बैठक दुई दिन पछि सार्ने आफनो पार्टीको प्रस्ताव अव हुने प्रधानमन्त्रीलाई काम गर्न सहजहोस् भन्ने चाहना अनुसार आएको तर्क समेत गरे ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै नेता खनालले तीन ठूला दलबीच घनिभूत छलफल नभए समयमै तीन वटै तहको निर्वाचन सम्पन्न गर्न कठिनाई हुनेपनि स्पष्ट पारेका थिए ।

वरिष्ठ नेता खनालले दुई दिन भित्र मुलुकलाई निकास दिने गरी प्रमुख तीन दलबीच ठोस सहमति हुने विश्वास पनि व्यक्त गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल