छुटेलगत्तै फेरि समातिए विप्लवका चार कार्यकर्ता

छुटेलगत्तै फेरि समातिए विप्लवका चार कार्यकर्ता

सल्यान, जेठ २१– सल्यानमा चुनाव विरोधी गतिविधि गरेको आरोप लागेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ४ जना कार्यकर्ता धरौटीमा छुटेको केहि मिनेटमै पुन पक्राउ परेका छन् ।
एक महिनाअघि प्रहरीले समातेर हिरासत र कारागारमा १ महिना भन्दा बढि बसेका ति कार्यकर्तालाई आइतबार जनही ५÷५ हजार धरौटीमा छुटेपनि बाहिर निस्कने वित्तिकै पुन समातिएको हो ।
छुट्ने वित्तिकै पक्राउ परेका शारदा नगरपालिका १ का घनश्याम वि.क., दार्म गाउँपालिका ३ का मोहन के.सी., ढोरचौर गाउँपालिका १ का सुकलाल बस्नेत र रोल्पा सुकिदह गाउँपालिका ४ का टोप बहादुर डाँगी छन् ।
सल्यानका प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले अदालतको आदेश अनुसार धरौटीमा छाडेको निर्वाचनका बेला नराम्रो गतिविधि हुने भएकाले गृह मन्त्रालयकै निर्देशन अनुसार पुन समातिएको बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल