यी हुन् शहरी विकासमन्त्री केसीले ९ महिने कार्यकालमा गरेका कामको फेहरिस्त (पूर्णपाठ)

यी हुन् शहरी विकासमन्त्री केसीले ९ महिने कार्यकालमा गरेका कामको फेहरिस्त (पूर्णपाठ)

काठमाडौं, जेठ २१– शहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी उनले सहरी विकास मन्त्रालय सम्हालेको ९ महिनाको अवधिमा आफूले उल्लेखनीय काम गरेको भन्दै कार्यकाल सफल भएको दाबी गरे ।
आफूलाई सहयोग गर्ने सम्पूर्ण मन्त्रालयका कर्मचारी, सुभेच्छुक, सञ्चारकर्मीलगायतलाई धन्यवाद दिँदै उनले आफूले मन्त्रीको रुपमा जे जति सुधारको काम गरेपनि अझैं धेरै काम गर्न बाँकी रहेको औंल्याए।
बागमती सरसफाई अभियानको २०० औं हप्ता सफलतापूर्वक सम्पन्न गरेसँगै मन्त्रालय अन्तर्गतका अन्य कतिपय गतिविधिमा जनसहभागिता बढिरहेको प्रति सन्तोष व्यक्त गर्दै केसीले यस अवधिमा मन्त्रालयले आफ्नो जिम्मेवारीको दायरा निकै फराकिलो पारेको बताए ।
नीतिगत अस्पष्टता र कानुनी अव्यवस्थालाई हटाएर त्यसलाई उचित गति र दिशा दिइएको बताउँदै मन्त्री केसीले आफ्नो कार्यकालमा सहरी विकास रणनीति स्वीकृति भई कार्यान्वयनमा आएको, बागमती नदी र सोका सहायक नदीहरुलाई फोहोरमुक्त बनाई अतिक्रमणबाट जोगाउन र बागमती सभ्यताको पुर्नस्थापनाको लागि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समतिको गठन गरि काम सुरु गरिएको, जनता आवास कार्यक्रम ल्याइएको, परिवर्तित संघीय संरचनाअनुसार शहरी विकास कार्यलाई व्यवस्थति रुपमा अघि बढाउन सहरी विकास ऐन निर्माणको क्रममा लागिएको, नगर विकास समितिहरु गठन गरिएको, बाहिरी चक्रपथ निर्माण प्रारम्भको रुपमा चोभार –सतुंगल डिपीआर स्वीकृत गरिएकोलगायतका ३८ बुँदे कामका फेहरिस्त सार्वजनिक गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल