म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ लुटेरा पक्राउ

म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ लुटेरा पक्राउ

काठमाडौँ, जेठ २१ – गत शुक्रबार म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट सरोज श्रेष्ठ, तारा बोहोरा, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापालाई पक्राउ गरेर सोह्रखुट्टे बृतका प्रमुख डिएसपी सौमेन्द्र राठैरले जानकारी दिए ।

लुटेराहरुको साथबाट प्रहरीले साडे २ लाख रुपैयाँ मात्र बरामद गरेको छ ।

लुटमा संलग्न अन्य केही ब्यक्ति भने पैसा लिएर फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकुमार विकबाट शुक्रबार रकम लुटिएको थियो ।

पीडितले आफूहरुले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी रु ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नंको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् ।

जग्गाको कारोबारका लागि आफूहरुले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल