देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने राप्रपाको निर्णय

देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं, जेठ २१–राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

देउवालाई समर्थन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र तीब्र मतभेद रहँदै आएको सन्दर्भमा अन्तिम समयमा आएर समर्थन गर्ने निर्णय भएको हो ।

संसदमा राप्रपाको ३७ सिट रहेको छ।

देउवासँग वार्ता गर्न राप्रपाले खटायो तीन नेता
यसैबीच राप्रपाले सरकारमा जाने विषयमा छलफल गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा महामन्त्री जयन्त चन्द, नेता दिलनाथ गिरी र प्रमुख सचेतक कुन्ती कुमारी शाही रहेका छन् । सो समितिले देउवासँग मन्त्रालय बाँडबाँडलगायतका विषयमा छलफल गरी टुंगो लगाउने छ ।

राप्रपाले पार्टी संसदको चौथो शक्तिको हैसियतामा रहेकाले ४ मन्त्रालय पाउनु पर्ने माग राखेको छ । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि ४ ओटा मन्त्रालय पाएकाले त्यही हैसियत पाउनु पर्ने आफूहरुको माग रहेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

ती नेताका अनुसार प्रचण्ड सरकारमा मन्त्री बनेका नेताहरु नै फेरि मन्त्री बन्ने गरी पार्टीभित्र लगभग समझदारी भइसकेको छ । प्रचण्ड सरकारमा कमल थापासहित, विक्रम पाण्डे, दीपक बोहरा, दीलनाथ गिरी मन्त्री रहेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल