एमाले गैरजिम्मेवार बनेको कांग्रेसका भातृ संगठनको आरोप

एमाले गैरजिम्मेवार बनेको कांग्रेसका भातृ संगठनको आरोप

तकाठमाडौ, जेठ २१ – नेपाली कांग्रेसका ६ वटा भातृ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भरतपूर महानगरपालिकाको बिषयलाई लिएर नेकपा एमालेले संसद अवरोध गर्नु र सडकमा नारा लगाउन गलत भएको टिप्पणी गरेका छन् ।
कांग्रेसका भातृ संगठनहरु नेविसंघ, महिला संघ, प्रेश युनियन,शिक्षक, किसान र डेमोक्र्याटिक लयर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘ एमालेजस्तो जिम्मेवार पार्टीले निर्वाचन आयोगको स्वायत्ततामा राजनीतिक हस्तक्षेप गर्नु र अधिकारलाई विवादित पार्नु तथा एक स्वतन्त्र संवैधानिक अंगले गरेको निर्णयलाई लिएर सरकार गठन जस्तो संवेदनशील विषयलगायतका अन्य महत्वपूर्ण राष्ट्रिय विषयहरू समेत प्रभावित हुने गरि संसदका काम कारवाहीहरू अवरोध गर्नु र आफ्नो पार्टी एवं भातृ संघ संगठनमार्फत संवैधानिक अंगलाई सडक र सदन आन्दोलनमार्फत विवादित बनाउने काम असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक, अशोभनीय र निन्दनीय छ ।’
त्यस्तै जारी विज्ञप्तिमा सार्वभौम संविधानसभाबाट दलहरूका बीच लामो प्रयासपछिको अधिकतम् सहमतिका आधारमा जारी गरिएको नेपालको संविधान २०७२ ले सुनिश्चित गरेका संवैधानिक अंगहरूले स्वतन्त्र रूपमा आ–आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न पाउनु पर्दछ भन्ने कुरामा कुनै द्विविधा नभएको उल्लेख छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल