एमालेलाई पेलेर अघि बढ्न खोज्दा निर्वाचन कार्यतालिका प्रभावित भयोः एमाले

एमालेलाई पेलेर अघि बढ्न खोज्दा निर्वाचन कार्यतालिका प्रभावित भयोः एमाले

काठमाडौं, जेठ २१– प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्तापक्षले पेलेरै जान खोजेकाले प्रधानमन्त्री निर्वाचन कार्यतालिका प्रभावित भएको आरोप लगाएको छ ।
एमाले नेता गंगालाल तुलाधरले सत्तापक्षले जबरजस्ती गरिरहे संसद बैठक चल्न नदिने आफ्नो पार्टीको अडान यथावत रहेको पनि स्पष्ट पारे ।
आईतबार विहान ११ बजेका लागि तय गरिएको प्रधानमन्त्रीको निर्वाचन स्थगित भएलगत्तै संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उनले प्रमुख तीन दलबीच सहमति नभई संसद बैठक चल्न नदिने अडान राखे ।
एमालेले भरतपुर महानगरपालिकामा पुन मतगणना गर्न माग गर्दै संसद बैठक अवरुद्ध पार्दैै आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णय सत्तापक्षको दवावमा आएको एमालेले दावी गर्दै आएको छ ।

एमालेले संसद बैठक सुचारु नगराई प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन पनि माग गर्दै आएको थियो । प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल