एन्फा महिला लिग च्याम्पियनसीपः कञ्चनपुर, रौतहट र स्याङजा विजयी

सर्लाही समूह विजेता भई क्वाटर फाइनलमा

एन्फा महिला लिग च्याम्पियनसीपः कञ्चनपुर, रौतहट र स्याङजा विजयी

पाल्पा, जेठ २०– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा शनिबार भएको खेलमा कञ्चनपुर, रौतहट र स्याङजा महिला टिम विजयी भएका छन् ।

अखिल नेपाल फुटबल संघको कार्यक्रमअनुसार पाल्पा र स्याङ्गजामा एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ भइरहेको छ ।

खेल अन्तर्गत शनिवार भएको पहिलो खेलमा झापा महिला फुटबल टिमले महोत्तरी महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ । झापाका लागि सम्झना लावतीले १३, २७, ३५ र ६० औं मिनेटमा, दिक्षा चौधरीले ५८ र ७२ मिनेटमा, रमिका तामाङ्गले ६ र यमुना अधिकारीले ७७ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो खेलमा कन्चनपुर महिला फुटबल टिमले मकवानपुर महिला फुटबल टिमलाई ४–२ गोलले पराजित गरेको छ । कन्चनपुरका लागि प्रियंका रानाले ४७ र ७१ मिनेटमा, निलम सिंहले ४०+२ मिनेटमा र अन्जली चन्दले ६६ मिनेटमा गोल गरेका थिए भने मकवानपुरका लागि केशरी पाख्रिनले १४ र सुनिता बोम्जनले १६ औं मिनेटमा गोल गरेका थिए ।

शनिवार नै भएको तेस्रो खेलमा भोजपुर महिला फुटबल टिम र काठमाण्डौ महिला फुटबल टिमबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

त्यस्तै शविनार नै स्याङ्गजामा भएको पहिलो खेलमा सर्लाहीले बाकेलाई पराजित गर्दै समुह बिजेताको रुपमा क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार प्राविधिक कारणवश (वर्षाको कारणले) स्थगित भएको मोरङ्ग महिला फुटबल टिम र बर्दिया महिला फुटबल टिमबीचको खेलमा मोरङ्गले बर्दियालाई ५–० गोलले पराजित गरेको छ । मोरङ्गका लागि सरु लिम्बूले ५, ६७, ७४ र ८३ औं मिनेटमा तथा फिना राईले ७१ औं मिनेटमा गोल गरेका थिए ।

तेस्रो खेलमा रौतहट महिला फुटबल टिमले धनकुटा महिला फुटबल टिमलाई १०–० गोलले पराजित गरेको छ । रौतहटका लागि रश्मीकुमारी घिसिङ्गले २२, ३८, ५७, ६१, र ६३ मिनेटमा, रजनी थोकरले २४ र ३४ मिनेटमा, अस्मिता बैद्यले ४, मिथिला कुश्वारले १५, र सुमित्रा पाख्रिनले २८ औं मिनेटमा गोल गरिन् ।

चौथो खेलमा स्याङ्गजा महिला फुटबल टिमले पाचथर महिला फुटबल टिमलाई १६–० गोलले पराजित गरेको छ ।

स्याङ्गजाका लागि साबित्रा भण्डारीले २, ७, ११, १५, २३, ३७, ४६, ५०, ५८ र ७८ मिनेटमा, सजना रानाले ३२, ५४, ७९ र ८० मिनेटमा, लेख माया मास्केले ३५ र रिया बानुले ७२ औं मिनेटमा गोल गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल