मानव तस्करको योजनामा कुवेतबाट देश निकाला

मानव तस्करको योजनामा कुवेतबाट देश निकाला

काठमाडौँ, जेठ २०– नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गरेका छन् ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर्षअघि कुवेत गएर लगातार कुवेत बस्दै आएको जानकारी दिए ।

कुवेतमा नेपालबाट महिला तस्करी भइरहेको विषयमा आफू र आफ्नो सङ्गठनले विरोध गरेको कारण मानव तस्करले आफूलाई षड्यन्त्र गरी फसाएको उनको दाबी छ ।

गत चैत १८ गते कुवेतको मङ्गाप सहरबाट आफूलाई अज्ञात समूहले अपहरण गरी कुवेत प्रहरीलाई बुझाएको र आफूलाई प्रहरीले अवैध मदिरा राखेको आरोप लगाई एक महिना जेलमा राखी नेपाल फर्काइएको उनको भनाइ छ ।

एक महिना जेलमा रहँदा आफ्नो साथी भाइ, मालिक र वकिल कसैसँग भेट्न नदिएको उहाँले गुनासो गरे । (रासस)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल