घुर्ने रोगको समस्या छ ? जान्नुहोस् समाधान

घुर्ने रोगको समस्या छ ? जान्नुहोस् समाधान

डा. लक्ष्मी आवा छातीरोग विशेषज्ञ सुमेरु सिटी अस्पताल

सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ ।

शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनु पर्छ ।

घुर्ने मानिस उत्तानो सुत्नु हुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्छ ।

यस्तो समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ ।

मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नु हुँदैन ।

घुर्ने समस्या भएका मानिसमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ ।

अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो ।

नयाँ पत्रिकाबाट

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल