फिफा बरियतामा नेपालको उल्लेख्य सुधार, नेपाल दक्षिण एसियाको पाँचौं स्थानमा

फिफा बरियतामा नेपालको उल्लेख्य सुधार, नेपाल दक्षिण एसियाको पाँचौं स्थानमा

काठमाडौं, जेठ १८– विश्व फुटवल महासघको सर्वोच्च निकाय फिफा वरियतामा नेपालले उल्लेख्य सुधार गरेको छ । फिफाले विहीबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल चार स्थान सुधार गर्दै १ सय ६९ औं स्थानमा उक्लिएको छ ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दामाथि रहेको भुटान २ स्थान तल झर्दै १ सय ६६ औं स्थानमा पुगेको छ ।

नयाँ वरीयताअनुसार नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा छ । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत समग्रमा एक सय स्थानमा छ ।

दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्र वरीयताको एक सय ५६औं स्थानमा छ । पछिल्लो वरीयतामा माल्दिभ्स चार स्थान तल झरेको छ ।

अफगानिस्तान चार स्थान खस्कँदै समग्र एक सय ५८औं स्थानमा छ । दुई स्थान तल झरेको भुटान एक सय ६६औं स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश एक सय ९२औं र श्रीलंका एक सय ९७औं स्थानमा छन् ।
पाकिस्तान दुई सय स्थानमा छ ।

ब्राजिल फिफा वरीयताको शीर्ष स्थानमा छ भने अजेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल