लाइभ अन्तर्वार्तामा रिपोर्टरलाई जर्बजस्ती चुम्बन गर्न खोज्ने खेलाडीले पाए यस्तो सजायँ

लाइभ अन्तर्वार्तामा रिपोर्टरलाई जर्बजस्ती चुम्बन गर्न खोज्ने खेलाडीले पाए यस्तो सजायँ

एजेन्सी
जेठ १८ – फ्रेन्च ओपन टेनिस टूर्नामेन्टमा फ्रान्सेली टेनिस प्लेयर म्याक्सिम हेमूलाई टूर्नामेन्टबाट निकालिएको छ ।

म्याक्सिमले एक लाइभ अन्तर्वार्ताको क्रममा महिला पत्रकारलाई जर्बजस्ती चुम्बन गर्न र छुन कोसिस गरेका थिए । आयोजकले २१ वर्षे म्याक्सिमको यो व्यवहारलाई लज्जास्पद बताउँदै उनलाई टूर्नामेन्टबाट बाहिर निकालेको छ ।

म्याक्सिमले सोमबार पाब्लो क्यूवासविरुद्धको पहिलो चरणको खेल हारेका थिए । युरोस्पोर्टकी रिपोर्टर मेली थोमसले उनको अन्तर्वार्ता लिइरहेकी थिइन् ।

म्याक्सिमले सुरुमा मेलीको काँधमा हात राखे । त्यसपछि उनलाई टाउको र घाँटीमा जर्बजस्ती चुम्बन गर्न सुरु गरे ।

रिपोर्टरले भनिन्, ‘लाइभ नभएको भए मुक्का हान्ने थिएँ’

यस घटनाबारे मेलीले हफिङ्टन पोस्टको फ्रान्सेली संस्करणसँग कुराकानी गर्दै भनिन्, ‘यदि म लाइभ अन एयर नभएको भए, ती व्यक्तिलाई मुक्का हानिसकेको हुने थिएँ ।’

त्यसपछि फ्रेन्च ओपनका आयोजकले बयान जारी गर्दै भने, ‘२८७ औं सीडका म्याक्सिम हेमूलाई टूर्नामेन्टबाट निकालिएको जानकारी दिन चाहन्छौं । उनले एक पत्रकारमाथि लज्जास्पद व्यवहार गरेका कारण उनो एक्रिडिटेशन रद्द गर्ने निर्णय गरेका छौं ।’

फ्रेन्च फेडेरेशनले यसबारे अनुसन्धान गर्न आदेश पनि दिएको  छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल