शीतल निवासमा सर्वदलीय बैठक

शीतल निवासमा सर्वदलीय बैठक

काठमाडौं– राष्ट्रपति निवास शीतल निवासमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली,  कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेता कमल थापा, राजपाका शीर्ष नेताहरु सहभागि छन् ।

विहान ११ बजेबाट सूरु भएको बैठकमा पछिल्लो विकसित राजनीतिक अवस्थाका बारेमा छलफल हुनुका साथै राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दिएको समयसीमा दलहरुवीच भएको सहमतिको प्रयासबारे छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि संबैधानिक व्यवस्था अनुसार गत बिहीबार राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठन गर्न एक साताको समय दिएकी थिइन् ।

उक्त समय आज राति १२ बजे सकिदैछ । यो विचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएपनि प्रतिपक्ष एमाले देउवाले बोलाएको बैठकमा सहभागि भएन ।
सर्वदलीय बैठक अघि आजै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भण्डारीसँग भेटबार्ता गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल