भोलि फेरि आउने भयो सरकारको नयाँ निर्णय, मध्य असारमा दोस्रो चरणको निर्वाचन

भोलि फेरि आउने भयो सरकारको नयाँ निर्णय, मध्य असारमा दोस्रो चरणको निर्वाचन

काठमाडौं, जेठ १६– राष्ट्रिय जनता पार्टीलाई मनाउन भनी दश दिनपछि सारिएको स्थानीय तहको निर्वाचन पुनः सर्ने भएको छ । मुश्लिम समुदायको महत्वपूर्ण चाड रमजान पर्ने भन्दै मुश्लिम समुदायले आपत्ति जनाएपछि सरकारले पुनः पाँच दिनपछि सारेर मध्य असारमा निर्वाचन गर्ने भएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलपछि सरकारले असार १४ गते स्थानीय तहको बाँकी चार प्रदेशमा निर्वाचन गर्ने भएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसमित सवै निर्वाचन आयुक्तहरुलाई मंगलबार बेलुका बालुवाटर बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचनबारे परामर्श गरेका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिसहितको उपस्थितिमा आयोग पदाधिकारीहरुसँग छलफल गरेपछि सरकारले मध्य असारमा निर्वाचन गर्ने निश्चित गरेको हो । असार १४ गते निर्वाचन गर्ने निर्णय गर्न बुधबार विहान मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार नै प्रधानमन्त्री प्रचण्डले मुश्लिम अगुवाहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै अन्य दल र निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको मिति सार्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचनमा भाग नलिने भन्दै आन्दोलन घोषणा गरेका राष्ट्रिय जनता पार्टीका नेताहरुले पनि रमजानमा गर्न लागेको चुनाव सार्न सुझाव दिएका थिए ।

मंगलबार साँझ प्रमुख निर्वाचन आयुक्त यादवसहित अन्य चार आयुक्त र सचिव गोपीनाथ मैनालीसहितको टोलीसँग प्रधानमन्त्रीले निर्वाचनको मितिबारे परामर्श गरेका थिए ।

याे पनि पढ्नुस् ः 

प्रधानमन्त्रीले भने– ‘असार ९ गते रमजान भन्ने कसैलाई हेक्कै भएन’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल