बार्सिलोना, जेठ १६ – स्पेनिस क्लब बार्सिलोनाले अर्नेस्टो भाल्भेर्डेलाई दुई वर्षका लागि प्रशिक्षक नियुक्त गरेको छ ।
बार्सिलोनाका पूर्व फरवार्ड रहिसकेका भाल्भेर्डेले गत हप्ता चार वर्षको कार्यकालपछि एथ्लेटिक बिल्बाओ छाड्ने बताएका थिए ।
लुइस एनरिकेको स्थानमा उनी नयाँ प्रशिक्षक नियुक्त भएका हुन् । एनरिकेले तीन वर्षको करार सकिएपछि क्लब छाड्ने निधो गरेका थिए ।
आफ्नो पहिलो सिजनमा नै एनरिकेले बार्सिलोनालाई तीन वटा उपाधि र सन् २०१६ मा लिग र कप उपाधि तथा अन्तिम सिजनमा कोपा डेल रेको उपाधि दिलाएका थिए ।
बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेयुले ५३ वर्षीय भाल्भेर्डेले युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने र बार्सिलोनाको तरिकाले खेल्ने बताउँदै उनलाई नियुक्त गर्नको कारण खुलाए ।
उनलाई बिहिबार समारोहबीच अनुबन्ध गरिनेछ ।
भाल्भेर्डे सन् १९८८ मा २४ वर्षको उमेरमा खेलाडीको रुपमा बार्सिलोनासँग अनुबन्ध भएका थिए । तर, चोटको समस्याका कारण उनले सो अवधिमा मात्र २२ खेल खेल्दै ८ गोल गरे ।
त्यसपछि उनी एथ्लेटिक विल्बाओ पुगेका थिए । त्यहाँ ६ वर्ष रहेका उनले १७० खेलमा ४४ गोल गरेका थिए ।
उनले एक सिजन मायोर्कामा पनि बिताए ।
स्पेनका लागि उनले मात्र एक खेल खेलेका थिए । सन् १९९२ को युरो छनौटमा उनले आइसल्याण्डविरुद्धको खेलमा उनले मात्र १९ मिनेट मैदानमा बिताएका थिए ।
सन् १९९७ मा सन्यास लिए पछि उनले एथ्लेटिकको युवा टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाले ।
सन् २००३–०४ सिजनमा उनले सिनियर टोलीको पनि नेतृत्व सम्हाले । दुई वर्षमा उनले एथ्लेटिकलाई पाँचौ र नवौँ स्थानमा सिमित राखेपछि उनले क्लबको नेतृत्व छाडे ।
त्यसपछि एस्पानियोलमा दुई वर्ष रहँदा उनले क्लबलाई युइएफए कपको फाइनलसम्म पुर्याए ।
त्यसपति उनी आलम्पियाकोस पुगेर टोलीलाई ग्रिक लिग र कप दिलाए ।
त्यहाँबाट उनले भ्यालेन्सियाको नेतृत्व सम्हाल्दै सन् २०१३ मा पुनः एथ्लेटिक फर्किएका थिए ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..