एन्टाको चौथों सम्मेलन सम्पन्न : विजय सिहंको नेतृत्वमा नयाँ कार्यसमिति

एन्टाको चौथों सम्मेलन सम्पन्न : विजय सिहंको नेतृत्वमा नयाँ कार्यसमिति

न्यूयोर्क, जेठ १५ – अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन न्यूजर्सीमा सम्पन्न भएको छ ।

‘मधेसका लागि शान्ति र समृद्धि’ भन्ने मूल नाराका साथ सम्पन्न सो सम्मेलनमा अमेरिकाको करिब हरेक राज्यमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता भएको थियो ।

सो सम्मेलनमा अमेरिकामा रहेका मधेशीहरुको बिच एक आपसमा के–कस्ता सहयोगात्मक कार्य गर्नुका साथै आफ्नो भाषा, संस्कृति, रिती–रिवाजको संरक्षण र सम्बर्धन गर्नका लागी के–कस्ता सहयोगहरु गर्न सक्नुका साथै आफ्नो मात्रभुमी नेपालमा विगत भन्दा पनि अझ प्रभावकारी र बिकाश मुलक के–कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।

मन्त्वय राखने क्रममा नेपालका लागी पु्र्व राजदूत स्कोट डेलिस , एलाइन्स फर पिस विलडिगं का पुर्व सभापति चार्ल्स दामवाच , कोरियन एडभोकेन्सी का मैनेजिंग डायरेक्टर जे डी किम , प्रमुख अतिथि राघवेन्दर द्विवेदी , एन्टाका संस्थापक सभापति रतन झा , डा. नविन सिंह , डा. उपेन्द्र कर्ण , ललित झा हरुकाले आफ्नो मन्तव्य राखेका थिए ।

योर्क च्यापटरले आयोजना गरेकोसम्मेलन एन्टाका सभापति डा. चक्रधर मिश्र को सभापतित्व मा भएको थियो भने संचालन एन्टा सचिव अरविन्द सिंहले गरेका थिए।

सम्मेलनमा बिभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै सम्मेलनले आउँदो दुई वर्षका लागी विजय सिहंको नेतृत्वमा नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष डा. सुबोध मल्लिक , उपाध्यक्ष अरविन्द सिंह, उपाध्यक्ष सुभाष कुमार बैठा , सचिव इन्द्रदेव साहु , सह सचिव जितेन्द्र ठाकुर, कोषाध्यक्ष मुकेस कर्ण प्रवाक्ता अपरजिता झा तथा सदस्यहरु ओम गोइत , खुस्बु मिश्र , मोहन यादव , रतनेस झा , अर्चना कायस्त लगायत का व्यक्तिहरु निर्वाचित र मनोनीत गरिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल