ककुरदेखि पिज्जासँग : विश्वका ५ अनौठो विवाह

ककुरदेखि पिज्जासँग : विश्वका ५ अनौठो विवाह

क्यालिफोर्निया, जेठ १३ – क्यालिफोर्नियाको स्यान डिएगोकी वासिन्दा ४५ वर्षीया क्यारोल सान्ता फेले सन् २०१५ मा लास भेगासमा रहेको सान्ता फे स्टेसनसँग विवाह गरेको बताएकी छिन् ।

उनको भनाई छ, पछिल्लो ३६ वर्षदेखि उनी उक्त स्टेसनलाई माया गर्थिन् । गत वर्ष उनले विवाहको एनिभर्सरी पनि मनाइन् ।

तर, यो अनौठो विवाह पहिलो भने होइन । यसअघि पनि मानिसहरुले साँपदेखि पिज्जासम्मलाई जीवनसाथी बनाएको घटनाहरु छन् ।

यहाँ यस्ता ५ विवाहको बारेमा उल्लेख गरिएको छ ।

बदला लिन कुकुरसँग विवाह

अर्जेन्टिनाकी रोमिना पिटन नाम गरेकी युवतीले आफ्नो मंगेतरलाई सबक सिकाउन एउटा कुकुरसँग विवाह गरेकी थिइन् । रोमिनाको मंगेतरले अन्तिम समयमा विवाह गर्न नमानेपछि उनले त्यही दिन जोसँग भए पनि विवाह गर्ने योजना बनाएकी थिइन् । अन्त्यमा परिवारको मद्दतबाट उनले आफ्नो घरपालुवा कुकुरसँग विवाह गरिन् ।

पिज्जासँग विवाह

रुसका एक युवकले पिज्जासँग विवाह गरेका छन् । लामो समय एक्लै बस्दा वाक्क बनेका उनले पिज्जासँग विवाह गर्ने निधो गरेक ाथिए ।
दक्षिणी रसियामा एक पिज्जा स्टोरमा उनले धुमधामसाथ विवाह गरेका थिए ।

आइफिल टावरसँग विवाह

पेरिस रोमान्टिक माहौलका लागि चर्चित छ । तर, पूर्व सैनिक रहीसकेकी एरिकाले त्यसको हद पार गर्दै पेरिसको ऐतिहासिक धरोहर आइफल टावरसँग विवाह गरिन् ।
उनले आफ्नो नाम बदलेर एरिका ला टावर आइफिल पनि राखिन् ।

शवसँग विवाह

थाइल्याण्डका चाडिल डिफीले आफ्नो प्रेमिकाको शवसँग विवाह गरेका थिए । चाडिलकी प्रेमिका सरण्याको कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसअघि डिफीले सरण्यालाई आफू काममा ध्यान दिने भन्दै हाल विवाह नगर्ने बताएका थिए । सरण्याको निधनपछि आफ्नो गल्ती सुधार्न चाडिलले अन्तिम संस्कार चलिरहँदा उनको शवसँग विवाह गरे ।

साँपसँग विवाह

भारतकी बिमबाला दास नाम गरेकी महिलाले सन् २००६ मा कोबरा साँप सँग विवाह गरेकी थिइन् । ३० वर्षीया बिमबलाले भव्य समारोहबीच विवाह गरेकी थिइन् । आफ्नो पतिलाई भेट्न पर्यो भने उनले साँपको दुलो अगाडि दुध राख्छिन्, जसलाई पिउन साँप बाहिर आउने गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल