यती एयरलाइन्सद्वारा एसडीजी सटल बसहरु सार्वजनिक

यती एयरलाइन्सद्वारा एसडीजी सटल बसहरु सार्वजनिक

काठमाडौं, जेठ १२–यती एयरलाइन्सले नेपालस्थित युनाइटेड नेसन्ससंगको सहकार्यमा विहिवार दीर्घकालिन विकास योजनार्थ सामान्य सार्वजनिक जागरुकता अभियानको थालनी गरेको छ ।

एयरलाइन्सले अभियान अन्तर्गतका आफ्ना १७ लक्ष्य सहितका दूई नयाँ एयरपोर्ट शटल बसपनि सार्वजनिक गरेको छ । विमानस्थलमा टर्मिनल र विमान विचनको यात्रा गर्दा ह्याण्डि (सहज) एसडीजी फ्लायर्स र लिफलेट सहितका यी बसहरुले हवाई यात्रुहरुलाई दिर्घकालिन विकास योजना अन्तर्गतका आफ्ना लक्ष्यका बारेमा जानकारी दिनुका साथै, यसको प्राप्तिका लागि तिनले गर्न सक्ने सहयोग तथा कार्यका बारेमा सुसुचित गर्ने आशा गरिएको छ ।

एसडीजी जानकारी सहितका बस सार्वजनिक गर्न त्रीभूवन अन्तरराष्ट्रिय विमानस्थल स्थित आन्तरिक (डोमेस्टिक) टर्मिनलमा आयोजित कार्यक्रममा बोल्दै ‘यसले ग्लोबल कजका लागि हाम्रो र नेपाल स्थित यूनाइटेड नेसन्स विचको सहकाय इगिंत गर्छ’, यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले भने । दिर्घकालिन विकास योजनाका लागि थप पहल सहितका घोषणापनि चाँडै गर्ने जानकारी दिँदै उनले यो सहकार्यले अन्य नीजि क्षेत्रका कम्पनीले समेत योजना साकार पार्नका लागि पहल गर्न प्रेरणा प्रदान हुने आशा ब्यक्त गरे ।

नेपाल लगायत यूएन सदस्य राष्ट्रहरुले एसडीजी सन् २०१५मा आत्मसात गरेका हुन् । यस अन्तर्गत सन् २०३० सम्ममा समस्त जनता तथा ग्रहका लागि गरिवी निवारण गर्दै समानता सहितको सुखि, सुरक्षित विश्व स्थापना गर्ने साझा लक्ष्य लिइएको छ । एसडीजीको यो लक्ष्य प्राप्तिका लागि नीजि क्षेत्रलाई प्रमुख पार्टनरका रुपमा लिइएको छ । एसडीजीको सफल कार्यान्वोयनका लागि नीजि क्षेत्रसंग पर्याप्त श्रोत, प्रविधि र नवप्रबर्तनको पर्याप्त सम्भावना रहेको कार्यक्रम मार्फत जानकारी दिइयो ।

‘एसडीजी लक्ष्य प्राप्तिका लागि जागरुकताका लागि नवप्रबर्तनात्मक योजना सहित नयाँ पार्टनर यती एयरलाइन्सका रुपमा पाउँदा हामी निकै हौसिएका छौँ ’ यूएनडीपीका कन्ट्रि डिरेक्टर रेनाउड मेयरले भने ,‘सर्वसाधारणलाई एसडीजीका बारेमा जानकारी दिन सहकार्य तथा समन्नोयका लागि वातावरण बनाउन यस्ता सहकार्यले उल्लेख्य योगदान दिने हामीले आशा बोकेका छौँ । ’

एसडीजी सम्बन्धित महत्वकांक्षी योजनाको सफलताका लागि सबैको प्रतिबद्धता र सहयोगको आवश्यकता पर्ने बताउँदै यसका लागि सबैबाट आवश्यक सहयोग प्राप्त हुने मेयरले विश्वास ब्यक्त गरे । ब्यवसायहरुलाई ‘गो ग्रिन’, मानव अधिकारको सम्मान, उर्जा मैत्रीत्व लगायत एसडीजी सम्बद्ध नियमको पालना गर्न चौतर्फी दवावका विच तिनको उचित पालना तथा कार्यान्वोयनका लागि समेत सहयोगी हुने उनले जानकारी दिए । नेपाली जनताको सुरक्षित तथा समृद्ध भविष्यका लागि यूनाइटेड नेशन्स ईन नेपाल विभिन्न सरोकारवालाहरुसंग सहकार्य गर्न तयार रहेको उनले बताए ।

एसडीजीसँग सम्बन्धित सतर्कता जगाउनुका साथै यो सहकार्यले उड्ययन क्षेत्रमा रहेका नयाँ सम्भावना, नवप्रबर्तनलाई प्रोत्साहन गर्नुका साथै वातावरण परिवर्तन अनुकुलन, गरिवी निवारण तथा लैगिंक समानतामा समेत उल्लेख्य सहयोग पुर्याउने लक्ष्य लिइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल