पोर्न फिल्ममा काम गर्छन् यी ‘बच्चा’, कुनैबेला थिए कम्प्युटर प्रोग्रामर

पोर्न फिल्ममा काम गर्छन् यी ‘बच्चा’, कुनैबेला थिए कम्प्युटर प्रोग्रामर

एजेन्सी

जेठ ११ – यी हुन् कोही निशी । जापानका चर्चित स्टार । २४ वर्षका कोहीको उचाई ३.६ फुटको मात्र छ । यति मात्र होइन, उनको अनुहार पनि यस्तो छ कि उनी ‘बच्चा’ जस्ता देखिन्छन् । उनी कुनैबेला ‘कम्प्युटर प्रोग्रामर’ को रुपमा काम गर्दथे भने अहिले उनी आफ्नो दैनिकी चलाउनका लागि एडल्ट र पोर्न फिल्ममा काम गर्दछन् । यद्यपी आफ्नो शारिरिक समस्याका कारण उनले अनेकौं समस्याको सामना गर्नुपर्छ ।

पाँच मिनेटभन्दा बढि उभिन सक्दैनन् कोहीः

कोही निशीको यस्तो स्थिती म्यूकोपोलिस्याक्रोडोसिस नामको एक रोगका कारण भएको हो जसका कारण उनको हड्डीको विकास हुन सकेको छैन भने मेरुदण्डमा पनि समस्या देखिएको छ ।

हड्डी र मेरुदण्डको कमजोरीका कारण कोही ५ मिनेटभन्दा बढि उभिन सक्दैनन् । त्यसकारण उनका धेरैजसो दृश्य बेडमा सुतेको अवस्थामा छायांकन गरिन्छ ।

रोगका कारण कोहीको हातमा पनि ताकत छैन । त्यसैले उनी एक प्लाष्टिकको बोतलको बिर्को पनि खोल्न सक्दैनन् । यतिमात्र होइन, उनको बायाँ कानले समेत काम गर्दैन ।

यद्यपी, उनको बोन म्यारो ट्रान्सप्लान्टपछि उनको रोग बढेको त छैन तर पहिला जति पनि समस्या पैदा भइसकेका छन् त्यसको कुनै उपचार छैन ।

यसरी भयो एडल्ट इन्डष्ट्रिमा सुरुवातः

कोही मिशी र जापानका मूलधार फिल्म र पोर्न फिल्मका निर्देशक केई मोरीकावाको परिचय एक पबमा भएको थियो । केइले उनलाई गनारी ताकाहाशीसँग भेट गराए जो पोर्न उद्योग व्यवसायी हुन् ।

गनारीले उनलाई एडल्ट फिल्ममा काम गर्ने प्रस्ताव दिए । यसका लागि कोहीले सबैभन्दा पहिले एक प्रस्तुती दिए र गनारीले त्यसको भिडियो बनाए ।

भिडियो हेरेपछि गनारीले उनलाई संसारमा कसैले पनि उनले जस्तै काम गर्न नसक्ने बताए । चाँडै नै कोही जापानमा चर्चित भए । कोही आफ्नो अबोध अनुहारका कारण महिला र युवाले आफूलाई रुचाउने बताउँछन् ।

कोही निशी अमेरिकाको पोर्न फिल्ममा काम गर्न चाहन्छन् । कोहीले आफ्नो कारण बाल यौन शोषणमा कमी आएको दाबी गर्छन् । यसबारे उनी भन्छन्, ‘जसरी हिंस्रक भिडियोगेम र वार फिल्ममार्फत मानिसहरुको हिंस्रक भावना शान्त हुन्छ, त्यसरी नै मेरो पोर्न भिडियो हेर्ने पिडोफिल्स (बाल यौन शौषणको मानसिकता भएका व्यक्ति) माथि पर्दछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल