बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापतिमा मनोनित

बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापतिमा मनोनित

काठमाडौँ, जेठ १०– नेपाल उद्योग बाणिज्य महासंघले महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठलाई मनोनित गरेको छ ।
महासंघकी कार्यकारिणी समितिकी सदस्य कमला श्रेष्ठ सभापति रहने गरी बैंकर श्रेष्ठलाई उपसभापति मनोनित गरिएको हो । बैंकर श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत हुन् र
साढे दुई दशक लामो बैंकिङ करिअरका क्रममा महिला उद्यमीहरुलाई पुर्याएको योगदान बापत उहाँलाई उपसभापति मनोनित गरिएको महासंघले जनाएको छ ।
जेठ ७ गते मनोनित गरे पनि बैंकर श्रेष्ठले मंगलबारमात्रै पत्र बुझिन् । उपसभापतिमा मनोनित गरेको पत्र बुझेपछि निकै खुसी लागेको बैंकर श्रेष्ठले प्रतिक्रिया दिइन् ।
आगामी दिनमा महिला उद्यमीहरुको सशक्तिकरण र थप व्यवसायिक बनाउन सक्दो योगदान पुर्याउने उनले बताएकी छिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल