एनआईसी एशिया बैंकमा सहायक कार्यकारी प्रमुखको नियुक्ती

एनआईसी एशिया बैंकमा सहायक कार्यकारी प्रमुखको नियुक्ती

काठमाडौं, जेठ १०– एनआईसी एशिया बैंक लिमिटेडले रोशनकुमार न्यौपाने र सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुने भने उनी करीब १० वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका थिए ।
न्यौपाने बैंकिङ क्षेत्रमा नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाईसम्म पु¥याउनु पर्छ भन्ने मान्यता राख्छन् ।

त्यसै गरी २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका  पाण्डे विभिन्न बैंकहरु तथा एन आई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिकामा रहँदै आएका थिए ।
एनआइसी एसिया नेपालको बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गर्दै राष्ट्रको समग्र बैंकिङ विकास, वित्तीय क्षेत्रमा सर्वसाधारण जनताको पहुँचको अभिवृद्धि र सम्पूर्ण सरोकारवालाहरुको अपेक्षा बमोजिमको कार्य सम्पादन गर्न सफल बैंक हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल