भिडियो देखाउँदै हटुवालको दर्द सार्वजनिक

भिडियो देखाउँदै हटुवालको दर्द सार्वजनिक

काठमाडौं, जेठ ९ –गजलकार ज्ञानदेव हटुवालको गीत गजलसंग्रह दर्द सार्वजनिक भएको छ । प्राध्यापक डा.कृष्णहरि बराल सहित नेता, सांसद, सचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्य तथा गीतसंगीतका वरिष्ठ व्यक्तिको उपस्थितिमा दर्द सार्वजनिक गरिएको हो ।


हटुवाल लमजुङमा जन्मिएर भैरहवामा सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सबैका मनमा बस्न सफल भएका ज्ञानदेव हटुवाल राम्रा सर्जकका रुपमा परिचित छन् । उनको पहिलो श्रव्यदृश्य कृतिका रुपमा दर्द सार्वजनिक भएसँगै उनको साहित्यिक पाटोलाई पनि सबैका सामु ल्याइएको हो ।
एल्बममा कसरी बताउँ खै, नजिकिने बहनामा, तिमीलाई पाउने, दिएन साथ जिन्दगीले, सधैंभरि नबिर्सिने, देउतालाई फूलपाती, कुरी बसें तिमीलाईलगायत ९ वटा गीत समावेश गरिएको छ । जसमा बीबी अनुरागी, सुशीलकुमार श्रेष्ठ, राज सिग्देलको संगीत रहेको छ भने राज सिग्देल, मनोजराज, नीपा क्षत्री, सत्यराज आचार्य, अन्जु पन्त, राधिका भण्डारी, आनन्द कार्कीको स्वर रहेको छ ।
कार्यक्रममा गायक राज सिग्देलले गजल गायन प्रस्तुत गरेका थिए भने दुईवटा गजलको म्यूजिक भिडियोसमेत देखाइएको थियो

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल