यस्तो छ तारेभीरको ट्रेलर (भिडियो)

यस्तो छ तारेभीरको ट्रेलर (भिडियो)

काठमाडौं – प्रेम सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तारेभीर’ को ट्रेलर रिलिज गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलरको साथै चलचित्रका ३ वटा गीत पनि सार्वजनिक गरिएको थियो ।

असार २ गते रिलिज हुन लागेको चलचित्र ‘तारेभीर’मा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मन्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

प्रेम सुब्बाको लेखन तथा निर्देशन तथा डीके दिवानको निर्माणमा यो चलचित्र तयार भएको हो । कार्यक्रममा निर्देशक सुब्बाले ‘तारे भीर’बाट दर्शकले भरपुर मनोरञ्जन प्राप्त गर्ने दाबी पनि गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल