काठमाडौँ, जेठ ८ –शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ ।
प्रतिष्ठानद्वारा आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जेठ २३ देखि २६ गतेसम्म खेल हुने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीको सहभागिता रहनेछ ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा अघिल्लो विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब र उपविजेता न्यु डायमन्ड एकेडेमी तथा नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।
प्रतियोगिताका विजेता टोलीले रु एक लाख ५० हजार, उपविजेताले रु ७५ हजार र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् । बहुराष्ट्रिय रङ कम्पनी केएनपी जापान प्रालिको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न व्यक्तिगत पुरस्कार राखिएका छन् । रासस
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..