जब अमृताका कारण सेफ अली खानलाई रुन मनलाग्थ्यो, भाइरल भइरहेछ १२ वर्ष अघिको अन्तर्वार्ता

जब अमृताका कारण सेफ अली खानलाई रुन मनलाग्थ्यो, भाइरल भइरहेछ १२ वर्ष अघिको अन्तर्वार्ता

एजेन्सी

जेठ ८ – सन् २००५ मा सेफ अली खानले दिएको एक अन्तर्वार्ता मिडियामा भाइरल भइरहेको छ । यसमा उनले आफ्नी पूर्व–श्रीमती अमृता सिंहसँग आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेका थिए । अन्तर्वार्तामा सेफले आफ्नो पीडा सार्वजनिक गर्दै भनेका थिए, ‘म मेरी श्रीमतीको स्पेसको सम्मान गर्छु । तर किन मलाई पटक–पटक म कति नराम्रो श्रीमान् थिएँ भन्ने बारे याद दिइन्थ्यो । म कति नराम्रो पिता थिएँ भन्ने कुरा बताइन्थ्यो ?’ स्मरण रहोस् उक्त अन्तर्वार्ता अमृताले सम्बन्धविच्छेदको करिब एक वर्षपछि दिएका थिए ।

सेफले भनेका थिए, ‘रुन मन लाग्थ्यो, जब मलाई आफ्नो बच्चालाई भेट्न दिइँदैनथ्यो’

सेफले अन्तर्वार्तामा थपेका थिए, ‘मेरो पर्समा छोरा इब्राहिमको फोटो छ । हरेक पटक म उनलाई हेर्थे मलाई रुन मनलाग्थ्यो । मलाई सधैं छोरी साराको याद आउँथ्यो । उनीहरुलाई भेट्न मलाई अनुमती थिएन । उनीहरुलाई पनि मसँग भेट्ने अनुमती थिएन । उनीहरु मसँग बस्न सक्दैनथे किनभने मेरो जिन्दगीमा कोही महिला थिएनन जसले बच्चालाई उनका आमाविरुद्ध भड्काउन सक्थिन् ।’

‘यस्ता थुप्रै बेतुक कुरा थियो र अमृतालाई यी सबै कुरा थाहा थियो । आज मेरा बच्चा अमृताका आमा–बुवा र नोकरसँग बसिरहेका छन् जबकी अमृता टिभी सिरियलमा काम गरिरहेका छन् । उनले यसो गर्न किन आवश्यक छ ? जबकी म आफ्नो परिवारलाई सपोर्ट गर्ने हैसियत राख्छु ।’

पाँच करोडमा भएको थियो सेटलमेन्टः

सेफले उक्त अन्तर्वार्तामा ब्रेकअपपछि अमृतासँग भएको सेटलमेन्टमाथि पनि कुरा गरे । उनले भनेका थिए, ‘मैले अमृतालाई ५ करोड भारु दिनु थियो । त्यसमध्ये मैले २.५ करोड दिइसकेको छु । यसका साथै, म १ लाख भारु प्रति महिना भिन्न रुपमा दिइरहेको छु । त्यतिबेलासम्म जबसम्म छोरा इब्राहिम १८ वर्ष पुग्दैन ।’

‘म शाहरुख खान होइन, मसँग त्यति धेरै पैसा छैन । मैले उनलाई बचन दिएको छु कि म उनलाई बाँकी रकम पनि उपलब्ध गराउँछु । म मर्ने बेलासम्म उनीहरुका लागि दुःख गर्नेछु । मैले स्टेज शो, विज्ञापन र फिल्मबाट जे कमाएको छु, त्यो बच्चाको लागि त हो नि । हाम्रो बंगला अमृता र बच्चाको लागि नै हो ।’

आमा– बहिनीको गालीसम्म झेलेंः

सैफले थपे, ‘किन तपाईंलाई पटक–पटक तपाईंको औकात याद दिलाइन्छ । गाली, अभद्र व्यवहारदेखि आमा–बहिनीको गालीसम्म, मैले सबै कुरा झेलेको छु । अब (सम्बन्धविच्छेपछि म राम्रो महसुस गरिरहेको छु ।’

सेफले आफू बच्चाहरुसँग बस्न चाहेको बताएका थिए तर यसका लागि उनी लगातार लडाईं गर्न नचाहेको पनि बताएका थिए । उनले भनेका थिए, ‘यदि उनीहरु मबाट टाढा भए अमृताले उनलाई सारा सिंह र इब्राहिम सिंह भन्ने थाल्नेछिन् ।’

‘जब मेरी छोरी १८ वर्षको हुनेछिन् र मलाई सोध्नेछिन्, ‘पापा, तपाईं कहाँ हुनुहुन्थ्यो जब म र मेरो भाइलाई तपाईंको आवश्यकता थियो ?’ तब म लाजले नै मर्नेछु । कृपया मलाई यसकारण लाजले मर्न नदेउ किनभने मैले एक असम्भव सम्बन्धबाट बाहिर निस्कने साहस देखाएँ ।’

‘म अमृतासँग झगडा गर्न चाहन्नँ । उनी जीवनको महत्वपूर्ण भाग थिइन् र रहनेछिन् । म उनलाई र हाम्रो बच्चालाई खुसी देख्न चाहन्छु ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल