संसारभरी सबैभन्दा धेरै बिकेका शीर्ष पाँच स्मार्टफोन

संसारभरी सबैभन्दा धेरै बिकेका शीर्ष पाँच स्मार्टफोन

एजेन्सी

जेठ ८ – रिसर्च फर्म स्ट्र्याटेजी एनालिटिक्स स्मार्टफोन मोडल ट्र्याकर (एसएमटी) ले संसारको सबैभन्दा धेरै बिकेका पाँच स्मार्टफोनको खोजी गरेको छ । आउनुहोस्, एसएमटीका अनुसार सन् २०१७ को पहिलो त्रैमासिकमा सबैभन्दा धेरै बिक्रि भएका पाँच स्मार्टफोनः

१. एप्पल आइफोन सेभेनः

एप्पलको फ्ल्यागशिप स्मार्टफोन आइफोन सेभेन यो सूचीको शीर्ष स्थानमा रहेको छ । सन् २०१७ को पहिलो त्रैमासिकमा यो स्मार्टफोन सबैभन्दा बढि बिक्रि भएको छ । संसारभरी यसको २ करोड १५ लाख युनिट बिक्रि भएको छ । यो फोनको ग्लोबल मार्केट सेयर ६ प्रतिशत रहेको छ ।

२. एप्पल आइफोन सेभेन प्लसः

दोस्रो स्थानमा एप्पलको दोस्रो फ्ल्यागशिप स्मार्टफोन आइफोन सेभेन प्लस रहेको छ जुन आइफोन सेभेनको ठूलो स्क्रिन भएको भेरियन्ट हो । एप्पलले यसको १ करोड ७४ लाख युनिट बेचेको छ । संसारभरी सन् २०१७ को पहिलो त्रैमासिकमा यो फोनको मार्केट सेयर ५ प्रतिशत रह्यो ।

३. ओप्पो R9s:

यो सूचीको तेस्रो स्थानमा चीनियाँ कम्पनी ओप्पलोको स्मार्टफोन R9s रहेको छ । कम्पनीले यसको ८९ युनिट बेचेको छ ।

४. सामसङ ग्यालेक्सी J3 (2016):

सबैभन्दा चर्चित स्मार्टफोनको चौथो स्थानमा सामसङ ग्यालेक्सी J3 (2016) हो जसको ६१ लाख युनिट बिकेको छ । यसको ग्लोबल मार्केट सेयर १.७ प्रतिशत छ ।

५. सामसङ ग्यालेक्सी J5 (2016):

 पाँचौं स्थानमा सामसङको अर्को एउटा स्मार्टफोन J5 (2016) रहेको छ । दक्षिण कोरियाली कम्पनीले सन् २०१७ को पहिलो त्रैमासिकमा ५० लाख सामसङ ग्यालेक्सी व्छ ९द्दण्ज्ञट० बेचेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल