क्षत्रीको नमस्ते काठमाडौंः यौन बिद्रोहका कथा

क्षत्रीको नमस्ते काठमाडौंः यौन बिद्रोहका कथा

काठमाडौं, जेठ ७ – पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू सार्वजनिक भएको छ । कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे ।
सँग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू…पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । जुगल डँगोलको सँगीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो ।
राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरुले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए । सँग्रहमा १८ ओटा कथा रहेको र यसको मूल्य ३ सय ५० रुपैयाँ राखेको पनि उनले जानकारी गराए ।

– कार्यक्रममा अभिनेत्री ऋचा शर्माले सँग्रहका कथामा उल्लेखित घटना र पात्रहरु आफुले आफ्नै समाजमा देख्दै आएको बताईन् ।
–पत्रकार तथा समिक्षक यज्ञशले क्षत्रीले समाजका विभिन्न बर्ग, धर्म, भाषा, लिँगलाई टिपेर कथामा उनेको बताए ।
–लेखक डब्बु क्षत्रीले आफुले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर यो सँग्रहमा ल्याएको बताए । नमस्ते काठमाडौंका कथाहरुलाई यौन अस्लिलता नभएर यौन बिद्रोहको रुपमा रहेको क्षत्रीले व्याख्या गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल