राष्ट्रिय खनिज नीति पारित

राष्ट्रिय खनिज नीति पारित

काठमाडौं, जेठ ५– उद्योग मन्त्रालयले राष्ट्रिय खनिज नीति २०७४ पारित गरेको छ । खनिज सम्पदाको दिगो सदुपयोग गरी अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक, चलायमान समृद्ध र आत्मनिर्भर बनाउँदै राष्ट्रको समग्र विकासमा योगदान पु¥याउने उद्धेश्यले नीति पारित भएको जनाइएको छ ।
यो नीतिमा मुलुकमा उपलव्ध खनिज स्रोतको संरक्षण, संवद्र्धन, उपयोग एवं दीगो विकास गर्दै राष्ट्रको आर्थिक समुन्नतिमा योगदान पु¥याउने, खनिज कार्यलाई सरल, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक कानून निर्माण एवं संघीय ढाँचा अनुरुप संस्थागत संरचना निर्माण गर्ने उद्धेश्य रहेको मन्त्रालयले जनाएको छ ।
खनिज सम्पदाको उपयोग, विकास एवं नवीनतम प्रविधिको प्रयोग र प्रवद्र्धनका लागि प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई आकर्षित गर्ने पनि उद्धेश्य रहेको छ । यस्तै, बौद्धिक सम्पत्ति सम्बन्धी नयाँ नीति, २०७३ पारित पनि भएको छ । यस नीतिले बौद्धिक सम्पत्ति संरक्षण, विकास र प्रवद्र्धनमा, बौद्धिक सम्पत्तिका विधाहरुको व्यवसायीकरणका लागि प्रोत्साहन र बौद्धिक सम्पत्तिको संरक्षणको अधिकार प्रचलनका लागि सशक्त कानूनी र संस्थागत व्यवस्थामा जोड दिएको छ । यस नीति अनुसार ऐनको निर्माण गर्न सैद्धान्तिक सहमति लिने क्रममा रहेको छ । यसले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सघाउने मन्त्रालयले जनाएको छ ।
यस्तै, पेट्रोलियम नियमावली, २०४१ मा (समसामयिक संशोधन गरी) पाँचौ संशोधन गरी समसामयिक सुधार गरिएको मन्त्रालयले जनाएको छ । यस संशोधित नियमावलीले पेट्रोलियम अन्वेषण÷विकास कार्यका लागि कम्पनी छनौट गर्ने कार्यमा सहजीकरण हुने जनाइएको छ । राजपत्रमा सूचना प्रकाशित हुन साथै कार्यान्वयनमा आउने गरि असार १५ गते भित्रमा ग्लोवल टेण्डर आब्हान गरिसक्ने जनाइएको छ । धनगढी देखि विराटनगर सम्म १० वटा ब्लकको पहिचान भएको र ती सबै ब्लकमा ग्लोबल टेन्डर मार्पmत प्रस्ताव आब्हान गरिने मन्त्रालयले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल