नक्कली नागरिकता बनाउने एयरपोर्टबाट पक्राउ

नक्कली नागरिकता बनाउने एयरपोर्टबाट पक्राउ

काठमाडौं, जेठ ५– गुल्मीका ३६ बर्षिय अशोक अधिकारी त्रिभुवन विमानस्थलबाट फक्राउ परेका छन । भक्तपुर नगरपालिका–७ नगदेश डेरा गरी बस्ने अशोकलाई अपराध शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार किर्ते कागजात सहित पक्राउ गरेको हो । अधिकारी नक्कली लाईसेन्स तथा नागरिकता बनाउने कार्यमा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यसैबिच काठमाडौं स्युचाटार बस्ने काभ्रे भिमखोरीकी १७ वर्षीय सबिन आले मगरलाई छुरा प्रहार गरेर घाईते बनाएको अभियोगमा सुनसरीका मन्दिप दाहाल र नुवाकोटका निराजन तमाङ्ग पक्राउ परेका छन् ।

रविभवन बस्दै आएका दाहाल र काठमाडौं–१४ सुनारगाउँ बस्ने तामाङ्गले बाफलमा मगरमाथी छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । सविन आलेको हाल कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल