एनएफडिसी अवार्डको प्रतिस्पर्धामा शिल्पा, प्रियंका र वर्षा, यस्तो छ मनोनयनमा सूचि

एनएफडिसी अवार्डको प्रतिस्पर्धामा शिल्पा, प्रियंका र वर्षा, यस्तो छ मनोनयनमा सूचि

काठमाडौ, जेठ ५ – ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’मा आर्यन सिग्देल, विपिन कार्की, दयाहाङ् राइ, सौगात मल्ल बिच भिडन्त हुने भएको छ । अवार्डमा यी कलाकार बिच उत्कृष्ट अभिनेताको लागि प्रतिस्प्रर्धा हुने भएको हो ।

त्यस्तै अभिनेत्री तर्फ प्रियंका कार्की, बर्षा राउत, शिल्पा पोख्रेल, सिर्जना सुब्बा र रिचा शर्मा बिच स्पर्धा देखिएको छ । गोपीकृष्ण मुभिजले गर्दै आइरहेको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’को नोमिनिज बिहिबार साँझ सार्वजनिक गरिएको छ । उत्कृष्ट नवनायिका, नवनायक, उत्कृष्ट सहअभिनेत्री, सहअभिनेता, उत्कृष्ट अभिनेत्री, अभिनेता, निर्देशक र सर्वोत्कृष्ट फिल्म १८ विधाको नोमिनिज सार्वजनिक गरिएको हो ।

बर्ष २०७३ मा सार्वजनिक भएका चलचित्र सहभागी अवार्डमा ‘छक्का पन्जा’ १५ विधामा, ‘जात्रा’ ११ र ‘पुरानो डुंगा’ ९ विधामा नोमिनेशनमा परेका छन् ।

सार्वजनिक मनोनयनमा सुचि
‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
१. आमा सरस्वति गीता देवी फिल्म्स प्रा.ली. ( छक्का पन्जा)
२. षट्कोण आर्ट्स प्रोडक्सन ( जात्रा)
३. सिनेमा आर्ट्स र माउत्से गुरुङ (पुरानो डुंगा)
४. रोहित अधिकारि फिल्म्स र बि. सी. मोसन पिक्चर्स (गाजलु)
५. पपकर्न पिक्चर्स र प्रिन्सेस मुभिस र ब्ल्याक हर्स पिक्चर्स (लूट २)
‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिपाश्री निरौला ( छक्का पन्जा)
२. प्रदीप भटराई ( जात्रा)
३. रामबाबु गुरुङ ( पुरानो डुंगा)
४. हेमराज वि. सी. ( गाजलु)
४. निश्चल बस्नेत ( लूट २)
‘शिव’ सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिपकराज गिरी ( छक्का पन्जा)
२. आर्यन सिग्देल ( होमवर्क)
३. विपिन कार्की ( जात्रा)
४. दयाहाङ् राइ ( लूट २)
५. सौगात मल्ल ( लुकामारी)
‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
१. प्रियंका कार्की (छक्का पन्जा)
२. बर्षा राउत (जात्रा)
३. शिल्पा पोख्रेल ( किस्मत २)
४. सिर्जना सुब्बा ( डाइङ क्यान्डल )
५. ऋचा शर्मा ( वाटो मुनिको फूल २)
‘नीर’ सर्वोत्कृष्ट सह(अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
१. जितु नेपाल ( छक्का पन्जा)
२. शिवहरि पौडेल ( छक्का पन्जा)
३. रविन्द्र वानिया ( जात्रा)
४. अनुप विक्रम शाही ( किंग)
५. माउत्से गुरुङ ( पुरानो डुंगा)
‘वसुन्धरा’ सर्वोत्कृष्ट सह(अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
१. अरुणा कार्की ( छक्का पन्जा)
२. गौरी मल्ल ( होमवर्क)
३. नम्रता सापकोटा ( छक्का पन्जा)
४. सुस्मिता के.सी. ( म त तिम्रै हुँ ¬)
५. मेनका प्रधान ( पुरानो डुंगा)
‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
१. आयुस्मान देसराज श्रेष्ठ जोसी ( चपली हाईट २)
२. आर्यन अधिकारी ( के म तिम्रो होइन र )
३. पृथ्वीराज प्रसाई ( किस्मत २)
४. सिद खरेल ( लप्पन छप्पन)
५. आकाश श्रेष्ठ ( म त तिम्रै हुँ)
‘चैत्य’ सर्वोत्कृष्ट नव(अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिया पुन ( वीर विक्रम)
२. परमिता राज्यलक्ष्मी राणा ( चपली हाईट २
३. सुष्टि श्रेष्ठ ( गाजलु)
४. मरिष्का पोख्रेल ( के म तिम्रो होइन र )
५. ज्योत्सना योगी ( म त तिम्रै हुँ )
‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
१. राजाराम पौडेल ( बाजिगर)
२. बुद्धि तामाङ ( छक्का पन्जा)
३. केदार घिमिरे ( छक्का पन्जा)
४. रियर राइ ( चपली हाईट २)
५. रविन्द्र झा ( जात्रा)
‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिपकराज गिरी ( छक्का पन्जा)
२. प्रदिप भट्टराई ( जात्रा )
३. निश्चल बस्नेत ( लूट २)
४. रामबाबु गुरुङ र उपेन्द्र सुब्बा ( पुरानो डुंगा)
५. यश कुमार ( बाटो मुनिको फूल २)
‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार
१. पुरुषोत्तम प्रधान ( छक्का पन्जा)
२. दिर्घ गुरुङ ( जात्रा)
३. सौरभ लामा ( म त तिम्रै हुँ )
४. रविन आचार्य र दिपाङ्कर सिक्दर ( डाइङ क्यान्डल ५)
५. सैलेन्द्र डी. कार्की ( पुरानो डुंगा)
‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार
१. मित्र गुरुङ ( जात्रा
२. सुरेन्द्र पौडेल ( लूट २)
३. निमेष श्रेष्ठ ( पुरानो डुंगा)
४. विपिन मल्ल ( छक्का पन्जा)
५. दिर्घ खड्का ( चपली हाईट २)
‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
१. राजनराज शिवाकोटी ( पुर्व पश्चिम रेल (छक्का पन्जा)
२. वसन्त सापकोटा ( सिरैमा शिरबन्दी (हाउ फन्नी)
३. काली प्रसाद वास्कोटा ( ठमेल बजार (लूट २)
५. काली प्रसाद वास्कोटा ( निर जहिले रिसाउने (पुरानो डुंगा)
५. दिपक शर्मा ( तिम्रो पिक्चर हिट (किस्मत २)
‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार
१. राजनराज सिवाकोटी र अन्जु पन्त ( पुर्व पश्चिम रेल (छक्का पन्जा)
२. मेलिना राइ ( सिरैमा शिरबन्दी (हाउ फन्नी)
३. मीना निरौला ( ठमेल बजार (लूट २)
४. काली प्रसाद वास्कोटा ( निर जहिले रिसाउने (पुरानो डुंगा)
५. कृष्ण काफ्ले र दिपाश्री निरौला ( सुनन चम्पा (छक्का पन्जा)
वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
१. कविराज गहतराज ( पुर्व पश्चिम रेल (छक्का पन्जा)
२. रेनिशा राई ( सिरैमा शिरबन्दी (हाउ फन्नी)
३. विक्रम स्वार ( ठमेल बजार (लूट २)
४. रामजी लामिछाने (अधुरो थियो (किंग)
५. कमल राई (दिल नाचे जस्तो (किस्मत २)
‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
१. हिमाल के.सी.(के म तिम्रो होइन र)
२. चन्द्र पन्त ( लप्पन छप्पन)
३. राजकुमार उप्रेती ( लूट २)
४. रोशन श्रेष्ठ ( किङ्ग)
५. एन वि महर्जन ( जय परशुराम)
‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार
१. सुनयमान श्रेष्ठ ( छक्का पन्जा)
२. उत्तम न्यौपाने ( चपली हाईट २ )
३. मनोजराज भण्डारी ( जात्रा )
४. उत्तम न्यौपाने ( जंगे )
५. मुकेश शाह ( द विनर)
‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार
१. सुजिल कर्माचार्य ( छक्का पन्जा
२. ईमान विक्रम शाह ( चपली हाईट २
३. रोहित शाक्य र शैलेश श्रेष्ठ ( जात्रा
४. शैलेश श्रेष्ठ ( किङ्ग
५. रोहित शाक्य ( पुरानो डुंगा)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल