७५ वर्षे ऋषिको बुवा बने अमिताभ, उमेर १०२ वर्ष

७५ वर्षे ऋषिको बुवा बने अमिताभ, उमेर १०२ वर्ष

एजेन्सी

जेठ ५ – अमिताभ बच्चन र ऋषि कपुरको जोडी २६ वर्षपछि एक पटक पुनः पर्दामा देखिने भएको छ । फिल्म गुजराती लेखक–निर्देशक सौम्या जोशीको नाटक ‘१०२ नट आउट’ मा बनेको छ । फिल्ममा अमिताभ १ सय २ वर्षका व्यक्तिको भूमिकामा देखिएका छन् भने ऋषि उनका ७५ वर्षका छोरा बनेका छन् ।

फिल्मको सुटिङ बुधबार मुम्बईमा सुरु भइसकेको छ । फिल्मलाई उमेश शुक्लाले निर्देशन गरिरहेका छन् । उमेशले भने, ‘अमित जी र ऋषि जी २६ वर्षपछि सँगै देखिएका छन् । दुबै पहिलोपटक गुजराती भूमिकामा देखिएका छन् । म आफू पनि गुजराती हुँ त्यसैले दुबैको लुकको विषयमा मेरो दिमागमा केही कुरा थियो ।’

फिल्मको सुटिङ मुम्बईमा यो महिनाको अन्त्यसम्म चल्नेछ । त्यसपछि जुलाईमा सुटिङ दोस्रोपटक सुरु हुनेछ । फिल्म निर्माता जुलाईसम्म सुटिङ समाप्त गर्न चाहन्छन् । उक्त फिल्मले बुवा र छोराबिचको लभ स्टोरीलाई देखाउनेछ ।

उमेशले भने, ‘मैले वास्तविक नाटकललाई निर्माण गरेको थिएँ र मलाई राम्रोसँग थाहा थियो कि यसलाई एक राम्रो फिल्ममा परिवर्तन गर्न सकिन्छ । सौम्याले फिल्मको कहानी निकै राम्रो तरिकाले लेखेकी छिन् ।’

उमेशले थपे, ‘उहाँहरुसँग काम गर्न निकै मजा आइरहेको छ । म उहाँहरुको फिल्म हेरेर ठूलो भएको हुँ । दुबै निकै राम्रा अभिनेता हुनुहुन्छ र उहाँहरुको काम गर्ने आफ्नै शैली छ । हामीले पछिल्लो तीन चार दिनको वर्कसप पनि गरेका थियौं जुन निकै मज्जाको थियो ।’

स्मरण रहोस्, उमेश शुक्लाले योभन्दा पहिले ‘अल इज वेल’ बनाएका थिए जसमा अभिषेक बच्चन, असिन, ऋषि कपूर र सुप्रिया पाठक मुख्य भूमिकामा थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल