‘हाफ गर्लफ्रेन्ड’ फिल्म समिक्षाः आधा फिल्म हेर्न सक्नु नै ठूलो कुरा

‘हाफ गर्लफ्रेन्ड’ फिल्म समिक्षाः आधा फिल्म हेर्न सक्नु नै ठूलो कुरा

एजेन्सी

जेठ ५ –

फिल्मको नामः हाफ गर्लफेन्ड

निर्देशकः मोहित सुरी

स्टार कास्टः अर्जुन कपुर, श्रद्धा कपुर, विक्रान्त मस्सी, रिया चक्रवर्ती, सिमा विश्वास

अवधिः २ घण्टा १५ मिनेट

रेटिङः २ स्टार

लेखक चेतन भगतको उपन्यासमाथि ‘हेलो’, ‘काय पो चे’, ‘थ्री इडियट्स’ र ‘टु स्टेट्स’ जस्ता फिल्म बनेको छ जसमध्ये केही निकै सफल पनि भए । एक पटक पुनः चेतनको उपन्यास ‘हाफ गर्लफ्रेन्ड’ मा आधारित यसै नामको फिल्म बनेको छ जसमा बिहारको युवक र दिल्लीकी युवतीको कहानी बयान गर्दछ । फिल्मलाई ‘आशिकी टु’ र ‘एक भिलेन’ जस्तो हिट फिल्म दिने मोहित सुरीले निर्देशन गरेका छन् ।

कहानीः

यो कहानी बिहारको बक्सर जिल्लाको डुमरांव गाउँमा बस्ने माधव झा (अर्जुन कपुर) को हो जो गाउँबाट दिल्ली पढाई गर्नका लागि आउने गर्दछ । त्यहाँ उनको भेट धनी परिवारकी युवती रिया सोमानी (श्रद्धा कपुर) सँग हुन्छन् । माधव र रिया दुबैलाई बास्केटबल निकै मनपर्छ । बास्केटबल कोर्टमा नै दुबैको पटक–पटक भेट हुन थाल्छ । माधवलाई अंग्रेजी नआउने भएकाले उनको पटक पटक खिल्ली उडाइन्छ । माधवका साथी शैलेश (विक्रान्त मस्सी)ले सधैं उनको साथ दिन्छन् ।

एक दिन अचानक कुनै कारणवश माधव र उनकी हाफ गर्लफ्रेन्ड रिया छुट्टिन्छन् । यसै कारण माधव आफ्नो गाउँ फिर्ता हुन्छन् भने रिया कतै टाढा जान्छिन् । त्यसपछि कहानीमा त्यतिबेला ट्वीस्ट आउँछ जब एक पटक पुनः माधव र रियाको भेट एक भिन्न परिस्थितीमा हुन्छ । कहानी त्यसपछि लण्डनसम्म पनि पुग्छ ।

कमजोर पक्षः

 फिल्मको कहानी निकै कमजोर छ । स्क्रिनप्ले निकै चिसो छ जसलाई निकै राम्रो बनाउन सकिन्थ्यो । फिल्मको संवाद पनि निकै कमजोर हुनुका साथै रोमान्स ड्रामा पनि केही विशेष छैन । कुनै पनि रोमान्टिक फिल्म हेर्नेबेला मानिस त्यसमा हराउन चाहन्छ तर यो फिल्ममा त्यस्तो केही अनुभव हुँदैन जो स्क्रिनप्लेको कमी हो ।

कहानीले मानिसलाई आफूतर्फ बाँध्न असफल भएको छ । कुन पात्रले के गर्न चाहन्छ, त्यसलाई निर्माण पक्षले बताउन असमर्थ भएको छ । फिल्मको गीत ‘फिर भी तुमको चाहुंगा’ मानिसहरुले याद गरिरहेका छन् । मोहित सूरीको फिल्मको सबैभन्दा बलियो पक्ष संगीत हुने गर्दछ जसलाई यो फिल्ममा अझै राम्रो बनाउन सकिन्थ्यो ।

किन हेर्ने फिल्मः

फिल्ममा अर्जुन कपुरले बिहारी युवकको भूमिका निकै राम्रोसँग निभाएका छन् । उनी आफ्नो भूमिकामा रमाएको महसुस गर्न सकिन्छ । यस्तै श्रद्धाले पनि ठिक ठाक काम गरेकी छिन् । विक्रान्स मस्सीको काम सहज छ र फिल्मका बाँकी कलाकारले पनि निकै राम्रो काम गरेका छन् । साथै, फिल्मको लोकेशन निकै राम्रो छ । दर्शकले दिल्लीका साथै न्यूयोर्क पनि फिल्ममा देख्न पाउनेछन् । भिजुअलको हिसाबले फिल्म राम्रो छ । साथै, ब्याकग्राउन्ड स्कोर पनि निकै राम्रो छ ।

बक्स अफिसः

फिल्मको लागत लगभग ३५ करोडको बताइन्छ । खबरका अनुसार यसको डिजिटल, सेटेलाइट र ओभरसिज राइट्स पहिले नै बेचिसकिएको छ । फिल्म कतिवटा स्क्रिनमा चल्नेछ, त्यो भने हेर्न बाँकी छ किनभने पहिले देखि नै ‘बाहुबली टु’ ले धेरै स्क्रिन ओगटेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल