‘फाटेको जुत्ता’मा प्रियंका र सौगात

‘फाटेको जुत्ता’मा प्रियंका र सौगात

काठमाडौं, जेठ ४ –अभिनेत्री प्रियंका कार्की र सौगात मल्ल जोडीको रुपमा देखिने चलचित्र ‘फाटेको जुत्ता’को शुभमुर्हत गरिएको छ ।
बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभ–साइत गरिएको चलचित्र निकेश खड्काले निर्देशन गर्न लागेका हुन् ।
अर्जुन कुमारको निर्माण रहने चलचित्रमा प्रियंका र सौगातको अलवा, वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
बिरगञ्जबाट छायाँकन थालिने चलचित्र कात्तिक १७ गते प्रदर्शनमा ल्याइनेछ ।

–कार्यक्रममा सौगातले नयाँ कथामा काम गर्न पाउँदा खुशी लागेको बताए ।
–प्रियंकाले पनि आफुले निर्बाह गर्न लागेको भुमिका अहिलेसम्मकै फरक भएको बताइन् ।
– निर्माता अर्जुन कुमारले करिब एक महिना लगाएर चलचित्रको छायांकन गरिने बताए ।
चलचित्र पूर्णतया कमेडी कथामा बनाउन लागेको निर्देशक खड्काले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल