आशिंक प्राध्यापक संघको प्रधानमन्त्री निवास बाहिर धर्ना

आशिंक प्राध्यापक संघको प्रधानमन्त्री निवास बाहिर धर्ना

जेठ ४, काठमाडौं -यसअघि तीन पटक भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै आशिंक प्राध्यापक संघ नेपालले प्रधानमन्त्री निवास बाहिर धर्ना दिएको छ ।

२०६५ सालयता तीनपटक आफुहरुसंग सरकार र त्रिभुवन विश्वविद्यालयले गरेका सम्झौता कार्यान्वयन गर्न माग गर्दै धर्ना दिइएको संघका अध्यक्ष शशीकुमार शर्माले बताए ।

वीसौ बर्षदेखि प्राध्यापन गराइरहेका आंशिक प्राध्यापकलाई प्रकृया पुर्याएर करार गर्नुपर्ने, बौद्धिक शोषण अन्त्य हुनुनपर्ने, यसअघिका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायत माग संघले गर्दै आएको छ ।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै आफुहरुसंग यसअघि गरेको सम्झौता कार्यान्वयन गर्न उनलाई  नै दबाब दिन आन्दोलनका विभिन्न चरणमध्ये आजदेखि धर्ना शुरु गरिएको संघका सदस्य नारायण कोइरालाले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल