१३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत, मेलमिलापमा गर्न राजनीतिक दलको दबाब

१३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत, मेलमिलापमा गर्न राजनीतिक दलको दबाब

सिरहा, जेष्ठ ३– कल्याणपुर नपा १ पर्चिलवाकी १३ वर्षीय बालिका आफ्नै छिमेकी एक युवकबाट बलात्कृत भएका छन् । आफ्नै घरमा शनिवार राति सुतिरहेको बेला मादक पदार्थ सेवन गरेर आएका २३ वर्षिय ती युवकले बालिकालाई नियन्त्रणमा लिई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको वेला मुख थुनेर जवरजस्ती करणी गरेको पीडितको भनाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

पीडित किशोरीकी आमा ४–५ वर्ष पहिला नै मरिसकेको र बुबा पनि ११ महिना अघि वैदेशीक रोजगारीमा रहेकाले उनीहरु काका–काकीको निगरानीमा घरमै वस्दै गरेको बताइएको छ ।

घटनामा संलग्न युवक फरार रहेको प्रहरीले जनाएको छ । वुवा विदेश रहेको र सामाजिक दवाबका कारण काका/काकी पनि घर छोडेर भागेकाले घटनाको उजुरी पर्न नसकेको प्रहरीको भनाई छ ।

प्रहरीले किशोरीको आफन्त र घटनामा संलग्न युवकको पनि खोजी गरिरहेको जनाएको छ । ती किशोरीको स्वास्थ्य परीक्षण र वयान समेत भइसकेको प्रहरीको भनाई छ ।

घटनालाई स्थानीय रुपमै मिलाउन राजनीतिक दलका नेताहरुले उनका आफन्तहरुलाई दवाव दिएको नाम नखुलाउने सर्तमा एक स्थानीयले जानकारी दिए । घटना गाउँमै मिलाउन युवकका आफन्तले पीडितलाई पाँच लाखसम्म दिन तयार भएको बताइन्छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल