पहुँचको आधारमा टिकट वितरण गर्दा कार्यकर्तालाई निराश बनायोः केसी

पहुँचको आधारमा टिकट वितरण गर्दा कार्यकर्तालाई निराश बनायोः केसी

काठमाडौं, जेठ ३ –सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको सचिवालयले टिकट वितरणमा मनोमानी गरिँदा नुवाकोट कांग्रेसको मतपरिणाममा असर पुगेको टिप्पणी गरेको छ ।

टिकट वितरणमा पार्टीका क्षेत्रीय कमिटीलाई अधिकार प्रत्यायोजन गरिएको भएपनि लोकप्रियता र नेतृत्व कुशलताको मूल्याङ्कन नगरी पहुँचको आधारमा केन्द्रीय सदस्य रामशरण महतलगायतले वितरण गर्दा यस्तो अवस्था आएको सचिवालयको दाबी छ ।

नुवाकोटमा कांग्रेसलाई हराउन केसीको भूमिका रहेको आसयको समाचार सार्वजनिक भएसँगै एक विज्ञप्ति जारी गर्दै केसीका स्वकिय सचिव निरञ्जन थापाले भनेका छन्, ‘ लोकप्रियता र नेतृत्व कुशलताको मूल्याङ्कन गरी उम्मेद्वार तय गर्नुपर्ने थियो । तर एउटै वडामा उम्मेद्वारका लागि योग्य साथीहरू पचासौँको संख्यामा हँुँदाहुँदै यो वास्तविकताको चरम उपेक्षा भयो ।पार्टीका क्षेत्रीय सभापतिहरूले उम्मेद्वारी चयन गर्नका लागि आफ्नो क्षेत्रभित्रका गाउँपालिका र वडाका कार्यकर्ता साथीहरूसँग सरसल्लाह गर्ने, सक्रिय कार्यकर्ताहरूको सुझाब लिने कार्य नगरी जनाधार भएका, पार्टीमा इमानदारीपूर्वक निस्वार्थ योगदान पु¥याउँदै आएका निष्ठावान साथीहरूलाई उपेक्षा गर्ने काम भएको त छँदैथियो, जिल्ला कार्यसमितिलाई समेत कुनै जानकारी नै नदिई हरतरहले क्षेत्रीय सभापतिलाई प्रभाव पारेको आधारमा टिकट हत्याउने प्रवृत्तिले प्रश्रय पायो ।’

जिल्ला कार्यसमितिलाई समेत उपेक्षा गरी पार्टीका कार्यकर्ताहरूलाई निरास बनाउँदै खेलवाडपूर्ण तरिकाले निहित स्वार्थमा लागेर उम्मेद्वार तय गर्दा प्रतिकूल परिणाम आउनु स्वाभाविक भएको समेत उनको भनाई छ ।

यद्यपी यती हुँदाहुँदै पनि केसीले उम्मेद्वारलाई सक्दो सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल