ससुराली घरमा सालीसँगै मनाए निखिलले जन्मदिन

ससुराली घरमा सालीसँगै मनाए निखिलले जन्मदिन

काठमाडौं, जेठ ३ – एक्सन स्टार निखिल उप्रेतीले मंगलबार परेको आफ्नो जन्मदिन ससुरालीमा मनाएका छन् । उनले जन्मदिन कान्छी पत्नी संचितासँगै उनको माइतीघरमा मनाएका हुन् ।
काठमाडौको बानेश्वरस्थित माइतिघरमा बस्दै आएकी संचिताले निखिलको जन्मदिन मनाउन बिषेश ब्यवस्था गरेकी थिइन् । जन्मदिन सेलिब्रेसन कार्यक्रममा निखिलका एक छोरा, एक छोरी, सासु, ससुरा र साली समेतको उपस्थिती रहेको थियो । जन्म दिनको केक सबैलाई खुवाउदै निखिलले सबैमाझ खुसी साटे ।
चलिस काटेका निखिलले जन्मदिनमा उमेर खुलाउन भने चाहेनन् । भने ‘ जन्मदिनको उत्सवले जीवनमा थप ऊर्जा मिलेको छ ।’
केही बर्षको मुम्बई बसाई पछि अभिनयमा पुनरागमन गरेका निखिल चलचित्र भैरव मार्फत फर्किएका हुन् । त्यसपछि उनका केही चलचित्र प्रदर्शनमा आएका छन् । अहिले अभिनयमा ब्यस्त रहेका निखिलको करिब आधा दर्जन चलचित्र प्रदर्शनको तयारीमा छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल