भारतीय किशोरले बनाए विश्वकै हलुङ्गो भूउपग्रह, अन्तरिक्षमा पठाइने

भारतीय किशोरले बनाए विश्वकै हलुङ्गो भूउपग्रह, अन्तरिक्षमा पठाइने

एजेन्सी

लण्डन, जेठ ३ – भारतीय किशोरले बनाएको विश्वकै हलुङ्गो भूउपग्रहलाई आगामी जुनमा अमेरिकाको नासाबाट अन्तरिक्षबाट पठाइने भएको छ ।

रिफात शारुकले बनाएको ६४ ग्राम तौल भएको उक्त भूउपग्रह युथ डिजाइन प्रतियोगितामा विजेताको रुपमा चुनिएको थियो ।

१८ वर्षीय रिफातले थ्रिडी प्रिन्टेड कार्बोन फाइबरको कार्यक्षमता देखाउन उक्त भूउपग्रह तयार गरेको बताएका छन् ।

स्थानीय मिडियासँग कुरा गर्दै रिफातले आफ्नो आविश्कार चार घण्टे मिसनमा अन्तरिक्षमा जाने जानकारी दिए ।

यस क्रममा माइक्रो ग्राभिटी वातावरणमा १२ मिनेट काम गर्ने बताइएको छ ।

पूर्व भारतीय राष्ट्रपति अब्दुल कलामको नाममा उक्त भूउपग्रहको नाम कलामस्याट राखिएको छ ।

क्युबस इन स्पेस नाम दिइएको प्रतियोगिता आइडुडलले नासा र कोलोराडो स्पेसन ग्रान्ट कन्सोर्टियमको सहयोगमा आयोजना गेको थियो ।

तमिल नाडुका युवा रिफात चेन्नाईमा रहेको स्पेस किड्स इन्डिया नामक कम्पनीमा मुख्य वैज्ञानिकको रुपमा काम गरिरहेका छन् ।

यसअघि उनले राष्ट्रिय प्रतियोगितामा हिलियम वेदर वलुन बनाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल