लुम्बिनीको शान्ति दीप सगरमाथामा (हेर्नुसः तस्वीर सहित)

लुम्बिनीको शान्ति दीप सगरमाथामा (हेर्नुसः तस्वीर सहित)

राधेश्याम विश्वकर्मा

भैरहवा, जेठ १ – लुम्बिनीको शान्ती द्धिपको प्रकाशसंगै तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको शुरुवात भएको छ ।बिश्वकै कान्छा म्याराथन धावक भारत कालिंगाका बुधिया सिंह, नेपाली धावक बैकुण्ठ मानान्धर, सिक्किमका धावक अमर सुब्बा लगायतले लुम्बिनीको शान्तीदिपबाट म्याराथुन लाईट बालेर कार्यक्रमको शुभारम्भ गरेका हुन ।

लुम्बिनी–सागारमाथा म्याराथन समेत नामाकरण गरिएको यस म्याराथनमा अन्तराष्ट्रिय धावकहरुको समेत सहभागीता रहेकोले अहिलेको कार्यक्रमले लुम्बिनीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन थप सहयोग पुग्ने आयोजक बिक्रम पाण्डेले बताए ।

मायादेवी सुत्केरी मार्गमा पर्ने लुम्बिनीबाट शुरु र्भको दौडा कपिलबस्तुको दोहनी, कुदान, गोटिहवा, निग्लिहवा हुदै बिश्वको सर्वोच्च शिखर सागरमाथामा गएर समपन्न हुने पाढडेले जानकारी दिए ।

प्रसिद्ध भारतीय धावक बुधिया सिंह पनि कार्यक्रममा सहभागीता रहेकोले लुम्बिनी र सागारमाथामा भारतीय पर्यटक आगमनमा वृद्धि हुने आयोजक पाण्डेको भनाई छ ।

लुम्बिनीमा शुरु भएको कार्यक्रममा भारत नालान्दा विश्वविद्यालयका डाक्टर रविन्द्र पन्त, स्थानिय धावक शाह बानु खान, लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्र मुनि शाक्य, बिभिन्न गुम्बाका भन्तेहरुले बिदाई गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल